आज चैत २९ गते मंगलबार छायाँ ग्रह राहु राशि परिवर्तन गरेर मेष राशिमा प्रवेश गर्दै छन् । अबदेखि १८ महिना अर्थात् डेढ वर्ष राहु मंगलको अधिपति मेष राशिमा रहनेछ । राहुको यस राशि परिवर्तनको कारण केही राशिका व्यक्तिहरूलाई सकारात्मक र केही राशिका व्यक्तिहरूले यसको नकारात्मक प्रभावको सामना गर्नुपर्ने भएको छ ।
मेष, मीन, मकर, धनु र तुला राशिका व्यक्तिहरूले डेढ वर्ष विशेष सावधानी अपनाउनुपर्ने भएको छ । राहुले हरेक मानिसको कुण्डली र राशिअनुसार चल्ने गर्दछन् । यस्तो अवस्थामा हरेक व्यक्तिको कुण्डलीको भाव प्रभाव पर्ने गर्दछ । राहुको नवौँ दृष्टि अष्टम भएमा पेट र खुट्टाको समस्या हुन्छ ।
राहुको अशुभ लक्षण
जसको ग्रह तथा कुण्डलीमा राहुको स्थिति खराब रहेको छ उसको जीवनमा कलेजो समस्या, मृगौला समस्या, एलर्जी जस्ता समस्याले सताउने हुन्छ । यसका साथै मस्तिष्क रोग, कब्जियत, झाडापखाला, कुष्ठरोग, क्यान्सर, हृदयरोग, छाला रोगको प्रभाव पर्नुमा पनि राहुको अशुभ स्थिति देखाउँछ ।
यसका साथै अशुभ राहुका कारण हड्डीको समस्या जस्तै हड्डी भाँच्ने समस्या पनि देखिन्छ । जसको राशिमा राहु अशुभ हुन्छ, उसलाई सानो सानो कुरामा पनि रिस उठ्छ । यस बाहेक अशुभ राहुका लक्षण मानसिक तनाव, बोली तिखो हुनु, असमझदारी र आपसी समन्वयको कमी हुनु हो । राहु शान्तिको उपाय तपाईको कुंडली र राशिमा राहुको स्थिति हेरेर गर्न सकिन्छ ।
राहु शान्तिको उपाय
भनिन्छ राहुको शान्तिको गर्नाले राहु धेरै हदसम्म शान्त हुन्छ । यस उपाय मध्य नरिवलको उपाय धेरै विशेष मानिन्छ। यसका लागि प्रत्येक अमावस्यामा पाँच वटा सुकेको नरिवल फोहोर पानी बग्ने स्थानमा फाल्नुपर्छ । यसका साथै राहुको पूजा गरेर शान्त हुने अवस्था छ भने भने माता भगवती र भैरवको पूजा गर्नुपर्छ । यसो गर्दा राहु शान्त हुन्छ । राहुलाई रत्न आदिले शान्त गराउन सक्नुहुन्न भने गोमेदको धारण नगर्नुहोस्। यस बाहेक ‘ॐ भ्रां भ्रीं भ्रौं स: राहवे नम:’ मन्त्रले जप गर्दा पनि राहु शान्ति प्राप्त हुन्छ। शनिबार कालो वस्त्र लगाउनु पनि राहु शान्तिको उपाय हो ।