काठमाडौँ : राहु-केतुले चैत्र २९ गते मङ्गलबार बिहान क्रमश : मेष र तुला राशिमा प्रवेश गरेको छ। दुवै ग्रह १८ महिनापछि यी राशिमा प्रवेश गरेका हुन्। राहु-केतु पापी एवं दुष्ट ग्रह भएकाले यसलाई मानवीय दुर्घटना, सङ्कट र बर्बादीसँग जोडिएर हेरिन्छ। तर ज्योतिषीहरुका अनुसार राहु-केतुले सधैँ मानिसलाई हानि गर्दैन्। यसपटक राहु-केतुको प्रतिगामी चाल तीन राशिका लागि अत्यन्तै शुभ मानिएको छ।ज्योतिषाचार्यका अनुसार ती भाग्यशाली राशिहरु कुन-कुन हुन् त ?
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
राहु वृष राशिबाट मेष राशिमा गरेको छ। राहुको यो गोचर मिथुन राशिका जातकका लागि अत्यन्तै शुभ रहनेछ। आर्थिक अवस्था पहिलेभन्दा राम्रो हुनेछ। नोकरी-व्यवसायमा लाभ र धन प्राप्तिको अवसर मिल्नेछ। आयका श्रोत बढ्नेछन्। यात्रा फलदायी रहनेछ। कार्यस्थलमा प्रशंसा प्राप्त गर्नुहुनेछ। तलब वृद्दि र बढुवा मिल्नेछ। घरमा खुशीको माहौल रहनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
राहुको गोचर कन्या राशिका जातकका लागि पनि भाग्यशाली मानिन्छ। आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुनेछ। आयस्रोत बढ्नेछ। वैदेशिक यात्राको सपना साकार हुन् सक्छ। व्यापारमा राम्रो अवसर मिल्नेछ। रोगबाट मुक्ति पाउनुहुनेछ। जीवनसाथीसँग रमाइलो पल बिताउन समय मिल्नेछ। शैक्षिक र रोजगारीका क्षेत्रमा सन्तानले प्रगति गर्नेछन्।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
राहु गोचरले पनि वृश्चिक राशिका मानिसलाई हानिको सट्टा लाभ नै दिनेछ। आय र बढुवाको प्रबल योग बन्नेछ। हरेक काममा सफलता हासिल गर्नुहुनेछ। कार्यस्थलमा छविमा सुधार आउनेछ। लामो समयदेखि रोजगारीको खोजीमा रहेका जातकले यस समयावधिमा खोजेकै जस्तै अवसर पाउनेछन्। कुनै पनि काममा ठूलो उपल्बधी हासिल गर्नुहुनेछ। भाग्योदय हुनेछ र तपाईलाई भाग्यले पूर्ण साथ दिनेछ।
कुन राशिलाई अशुभ छ ?
राहु-केतुको राशि परिवर्तनको कारण पाँच राशिका व्यक्तिहरुले सावधानी अपनाउनुपर्नेछ। मेष, तुला, धनु, मकर र कुम्भ राशिका मानिसहरुमा यो गोचरले नकारात्मक प्रभाव पार्ने ज्योतिषीहरुको भनाई छ। त्यसैले यी राशि आउँदो १८ महिना सचेत रहनुपर्नेछ।