दिशा पटानीले बढाईन् इन्टरनेटको तापमान, शेयर गरिन् ह;_ट तस्बिरहरु

एजेन्सी : बलिउड अभिनेत्री दिशा पटानी सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनी प्रायः आफ्ना हट र बोल्ड तस्बिरहरु फ्यानसँग शेयर गरिरहन्छिन्। फ्यानहरूले दिशाको बोल्ड स्टाइल असाध्यै मन पराउँछन्।

दिशा पटानीले फेरि एकपटक आफ्नो बोल्ड लुकले इन्टरनेटको तापक्रम बढाएकी छिन्। हालै दिशाले आफ्ना केही तस्बिरहरु शेयर गरेकी छिन्, जसमा उनले पिङ्क कलरको ब्रालेट लगाएकी छिन्। यससँगै उनले कम्मरमुनि ट्रान्सप्यारेन्ट्स श्रग लगाएकी छिन्।

खुल्ला कपाल र कानमा झुम्काले दिशाको सौन्दर्यलाई अझ निखारेको छ। पहिलो तस्बिरमा दिशालाई मिरर सेल्फी लिइरहेको देख्न सकिन्छ। त्यस्तै अर्को तस्बिरमा उनी पोज दिईरहेकी छिन्। यसबाहेक उनले एउटा भिडियो सेयर गरेकी छिन्, जसमा उनले लोभलाग्दो पोज दिएकी छिन्।

दिशा पटानीका यी तस्बिरहरु सामाजिक सञ्जालमा तीव्र रुपमा भाइरल भईरहेका छन्। तस्बिरलाई फ्यानहरुले निकै मन पराएका छन्। यसका साथै उनको सुन्दरताको पनि खुलेर तारिफ गरेका छन्।

वर्कफ्रन्टको कुरा गर्ने हो भने दिशा पटानी पछिल्लो पटक सलमान खानसँग फिल्म ‘राधे’ मा देखिएकी थिइन्। उनी छिट्टै ‘योद्धा’ र ‘एक भिलेन रिटर्न्स’ जस्ता फिल्महरुमा देखिँदैछिन्।

प्रकाशित : मङ्गलबार, चैत २९, २०७८१५:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मलाइ बलिउड चलचित्र गर्न आवश्यक छैन – महेश बाबु