यसरी गर्नुहोस् हनुमानको पूजा, शनि दोषबाट मिल्नेछ मुक्ति !

धार्मिक ग्रन्थ अनुसार हनुमानजी पनि सात चिरन्जीवी मध्ये एक हुन् । अन्य छ चिरञ्जीवी अश्वत्थामा, महर्षि वेद व्यास, विभिषण, बाली, कृपाचार्य र भगवान परशुराम हुन्। कलियुगमा हनुमानजीको पूजा गर्नु निकै शुभ मानिन्छ । भनिन्छ हनुमानको नाम लिनाले समस्याबाट मुक्ति मिल्छ । हनुमान जयन्ती आउन लागेको छ । अञ्जनीका छोरा हनुमानजीको जन्म चैत्र महिनाको पूर्णिमाको दिन भएको थियो। यस वर्ष यो मिति अप्रिल १६ मा पर्न भएको छ। हनुमान जयन्ती को दिन हनुमानजीको पूजा गर्ने नियमबारे जान्नुहोस्  ।

शनिदेवको पूजा आराधना गर्नाले सबै मनोकामना पूरा हुन्छन्
९ ग्रहहरूको समूहमा मध्ये शनि देवलाई सबैभन्दा क्रूर मानिन्छ। तर त्यस्तो होइन, यदि भगवान सूर्यका पुत्र शनिदेव र उनकी पत्नी छायाले कसै प्रति हुन्छन् भने उसलाई धनले भरिदिन्छन् । त्यसै शनिबारको दिन साँचो भक्तिभावले शनिदेवको पूजा गर्नाले शनिदेवाले आफ्न भक्तजनको मनोकामना पूरा गरिदिनुहुने मान्यता रहेको छ ।

सूर्यास्त पछि हनुमानजीको पूजा गर्नुहोस्
शनिदेव भगवान् कृष्णका अनन्य भक्त हुन् भन्ने धार्मिक विश्वास छ । शनिबारको दिन पनि श्रीकृष्णको पूजा गर्नाले सबै बाधाहरू हट्ने जनविश्वास रहेको छ । शनिदेवलाई प्रसन्न पार्न चाहनुहुन्छ भने सूर्यास्तपछि हनुमानजीको पूजा गर्नुहोस् ।

यसरी गर्नुहोस् हनुमान जी को पूजा
भगवान राम भक्त हनुमानको पूजामा सिन्दुर राखेर कालो तिलको तेल प्रयोग गरी आरती दीप प्रज्वलन गर्ने भनिएको छ । यति मात्र होइन निलो फूल पनि चढाउनुपर्छ । यो धेरै उपाय लाभदायक साबित हुन्छ। हनुमानजीका भक्तहरूमा शनिदेवको कृपा सदैव रहिरहन्छ।

मनोकामना पुरा हुनेछ
माटोको भाँडोमा आधा पानी र आधा दूध राख्नुहोस्। त्यसमा १० ग्राम कालो र सेतो तिल हाल्नुहोस्। र यसलाई शनिबारको  साँझ पछि यसलाई वट क्षको जराको नजिक राखी मनोकामना याद गर्नुहोस्। फर्किदा यसलाई फर्केर हेर्नु पर्दैन ।

प्रकाशित : मङ्गलबार, चैत २९, २०७८१५:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अबको एक वर्ष यी राशिमा राहुको नकारात्मक प्रभाव पर्ने, यस्ता छन् समाधानको उपाय !