गर्भवतीको भएको खुसीमा यी अभिनेत्रीले श्रीमानको साथमा सार्वजनिक गरिन् यस्ता तस्बिर !

साउथ चलचित्र क्षेत्रको चर्चित अभिनेत्री प्रणिता सुभाष सधैँ कुनै न कुनै कारणले चर्चामा हुने गर्छिन् । तर यस पटक उनी आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् । वास्तवमा प्रणिता छिट्टै आमा बन्न लागेकी छिन् । उनले फ्यानहरुलाई यो खुसीको खबर एकदमै फरक ढंगले दिएकी छिन् ।

प्रणिताले अहिले सामाजिक सञ्जाल इन्स्टाग्राममा पति नितिन राजुसँगका केही रोमा:-न्टिक तस्बिर सेयर गरेकी छिन्, जसबाट मानिसलाई नजर हटाउन गा:-ह्रो भएको छ । अहिले यो जोडीलाई फ्यानहरुले बधाई दिइरहेका छन् । प्रणिताले आफ्ना श्रीमानसँग रोमा:न्टिक ढंगमा सोनो:ग्राफी र गर्भावस्था परीक्षण किटको तस्बिर सेयर गरेर फ्यानलाई यो खुसीको खबर दिएकी छिन् ।

पोस्ट सेयर गर्दै उनले क्या:प्शनमा लेखेकी छिन्, ‘मेरो श्रीमान्को ३४औँ जन्मदिनको अवसरमा हाम्रो लागि स्वर्गदूतहरूले उपहार दिएका छन्।’

अहिले अभिनेत्रीले उनको गर्भावस्थाको खबर सार्वजनिक गर्न साथ फ्यानहरुको खुशीको कुनै ठाउँ रहेको छैन । उनका यी तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

फ्यानहरूले लगातार कमेन्ट गरेर जोडीलाई शुभकामना दिइरहेका छन् । प्रणिताले सन् २०२१ मा व्यापारी नितिन राजुसँग विवाह गरेकी थिइन् ।

प्रकाशित : मङ्गलबार, चैत २९, २०७८१२:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

५२ वर्षको उमेरमा माधुरी आयो यति धेरै परिवर्तन, तस्बिरबाट नजर हटाउन सकेनन् फ्यानले !