अबको ३५ दिनसम्म निकै सावधान रहनुहोस् यी ५ राशि, मंगल देवको पर्नेछ अशुभ प्रभाव !

साहस, पराक्रम, भुभूमिको कारक ग्रह मंगल् अशुभ भएमा व्यक्ति क्रोधको सिकार बन्न सक्छ। कमजोर मंगलले पनि व्यक्तिलाई जिम्मेवारीबाट भाग्ने र निराश बनाउँछ। अप्रिल ७ मा मंगल ग्रहले आफ्नो राशि परिवर्तन गरी कुम्भ राशिमा प्रवेश गरेको छ र आगामी मे १७ तारिकसम्म यस राशिमा रहनेछ । मंगलको यस राशि परिवर्तनको कारण ५ राशिका व्यक्तिका लागि यो समय नकारात्मक परिणाम प्राप्त हुन् सक्छ । तसर्थ यस समयमा आफ्ना यी राशिका व्यक्तिले सावधानी अपनाउनुपर्छ।

मेष राशि 

मंगल ग्रह कुम्भ राशिमा प्रवेश गर्ने बित्तिकै मेष राशिका व्यक्तिहरूले सावधानी अपनाउनुपर्नेछ। यस राशिका मानिसहरुको प्रेम जीवनमा असर पर्ने देखिन्छ। पेशा–व्यवसायमा समस्या आउन सक्छ। इष्टमित्र तथा आफन्तसँगको सम्बन्ध बिग्रन सक्छ। अदालती मुद्दामा समस्या आउन सक्छ।

कर्कट राशि 

आर्थिक जीवनमा जारी समस्याहरूले तपाईको मानसिक तनाव बढाउन सक्छ, किनभने मंगल गोचरको कारणले गर्दा तपाईले आर्थिक रूपमा धेरै सुरक्षित स्थितिमा रहनु हुनेछैन। लगानीको हिसाबले पनि यो अवधि तपाईको लागि उपयुक्त छैन। वैवाहिक जीवनमा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ।

कन्या राशि 

कन्या राशिका व्यक्तिहरुको आर्थिक पक्ष बलियो हुने छैन। लगानीमा लाभको सम्भावना कम छ। यस समयमा आर्थिक लेन-देन गर्दा विशेष सावधान रहनुपर्नेछ, अन्यथा नोक्सान हुने सम्भावना उच्च रहेको छ।

वृश्चिक राशि 

वृश्चिक राशिको स्वामी मंगल ग्रह हो। कुम्भ राशिमा मंगलको गोचर अवधिमा वृश्चिक राशिका व्यक्तिले क्रोधलाई नियन्त्रणमा राख्नु पर्नेछ। सम्बन्धमा चिसोपन आउन सक्छ। घरमा विवाद बढ्नेछ। दाम्पत्य जीवनमा समस्या आउन सक्छ। कार्यस्थलमा सहकर्मीहरूसँग विवाद बढ्न सक्छ।

कुम्भ राशि 

मंगल ग्रह कुम्भ राशिमा गोचर हुने भएकाले यो राशिका मानिसहरुमा मंगल ग्रह भारी हुन सक्छ। कुम्भ राशिका व्यक्तिहरूले करिब एक महिनासम्म निकै सावधान रहनुपर्नेछ। रिसलाई नियन्त्रणमा राख्नुहोस्, अन्यथा विवादमा पर्दा ठूलो नोक्सान हुन सक्छ। यो गोचर स्वास्थ्यको हिसाबले पनि राम्रो छैन। शत्रुहरूबाट सावधान रहनुहोस्। आम्दानीका स्रोत बढ्नेछन् तर खर्चका कारण कठिनाइहरू बढ्नेछन्।

प्रकाशित : मङ्गलबार, चैत २९, २०७८१०:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजबाट राहु-केतुको भयो राशि परिवर्तन, अबको १८ महिना ५ राशि रहनुहोस् सावधान !