भोलि केतु तुला राशिमा गोचर गर्ने : ३ राशिलाई हुनेछ मनग्यै आर्थिक लाभ

काठमाडौँ : राहु जस्तै केतुको पनि आफ्नै कुनै भौतिक अस्तित्व हुँदैन्। केतु आध्यात्म, वैराग्य, मोक्ष, तान्त्रिक आदि चिजका कारक ग्रह हो। यसले व्यक्तिमा अन्योलको स्थिति सिर्जना गर्छ। यो ग्रहले सधैँ अशुभ परिणाम मात्र दिन्छ भन्ने हुँदैन्। यदि केतु कुण्डलीको शुभ स्थितिमा छ भने यसले शुभ परिणाम दिन्छ। तर यदि केतु अशुभ स्थितिमा छ भने अशुभ परिणाम दिन्छ। राहुसँगै केतुले पनि चैत्र २९ गते मङ्गलबार राशि परिवर्तन गर्दैछ। राहु शुक्रको राशि तुलामा प्रवेश गर्नेछ। राहुको गोचरले कुन राशिको भाग्य चम्किनेछ छ त ?

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

यस समयावधिमा तपाई शत्रुमाथि विजय प्राप्त गर्न सफल हुनुहुनेछ। यसले कुनै पनि रोगबाट पनि मुक्ति दिलाउन सक्छ। कुनै काममा ठूलो सफलता मिल्ने सम्भावना छ। अड्डा-अदालतमा चलेका मुद्दा-मामिलामा तपाईले जित हासिल गर्नुहुनेछ। तपाईले आफ्नो करियरमा सुनौलो सफलता प्राप्त गर्नुहुनेछ। पदोन्नतिको प्रबल सम्भावना छ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

वरिष्ठ अधिकारी तथा उच्च पदस्थ व्यक्तिहरुसँग भेटघाट हुन् सक्छ, जसबाट तपाईले लाभ उठाउन सक्नुहुन्छ। लाभका थुप्रै अवसरहरु प्राप्त हुनेछन्। तपाईको आर्थिक स्थिति पहिलेभन्दा मजबूत हुनेछ। यात्राबाट पनि राम्रो आम्दानी गर्नुहुनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

तपाईले एक भन्दा बढी श्रोतहरुबाट कमाई गर्नुहुनेछ। यो गोचर अवधिमा तपाईले हात हालेका काममा सफलता हासिल गर्नुहुनेछ। पेशागत हिसाबले हेर्दा तपाईले कार्यस्थलमा नेतृत्व सम्हाल्ने अवसर पाउनुहुनेछ। कार्यस्थलमा तपाईको प्रतिष्ठा बढ्नेछ। ठूला लगानीको सट्टा साना लगानीबाट राम्रो फाइदा हुनेछ।

प्रकाशित : सोमबार, चैत २८, २०७८१८:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि गुरुदेव मीन राशिमा प्रवेश गर्ने, ७ राशिलाई सुरु भयो तनावमुक्त दिन