अलिया र रणबीरको विवाहमा २८ जना पाहुना मात्रै सहभागी हुने, यस्तो छ विवाह रयारी !

अहिले सामाजिक सञ्जाल बलिउड अभिनेता रणबीर सिंह र अभिनेत्री आलिया भट्टको विवाहको खबरले निकै तातेको छ । भारतीय सञ्चार मध्यमको अनुसार यहि अप्रिल १३ मा अभिनेता अभिनेत्री विवाह बन्धनमा बाँधिने भएका छन् । रणबीर र आलियाको चर्चा अहिले जताततै छ । आलियालाई रणवीरकी दुलही बनेको हेर्न सबै उत्सुक छन् । दुवैको विवाह जोडी र फ्यानका लागि निकै विशेष र यादगार हुने भएको छ ।


रणवीर र आलियाको विवाहसँगै उनीहरुको विवाहपूर्व समारोह पनि विशेष हुने भएको छ । आलिया र रणवीरको विवाह अघि आरके स्टुडियोमा उनीहरुको मेहन्दी र संगीत समारोह हुने भएको छ । भारतीय मिडियाबाट प्राप्त जानकारीका अनुसार १३ अप्रिलमा मेहन्दी समारोह हुनेछ भने १४ अप्रिलमा संगीत र हल्दी अनुष्ठान गरिने छ । वैशाख १४ गते दिन हल्दी लाग्ने र साँझ सांगीतिक कार्यक्रम हुनेछ ।

आलिया भट्टका भाइ राहुल भट्टका अनुसार विवाहसँग जोडिएको विशेष जानकारी दिएका छन् । उनले विवाहमा २८ जना मात्रै पाहुना आउने र सबै परिवारका सदस्य हुने बताए ।

उनीहरु सबै बसमा चेम्बुर जानेछन् र यस अवधिमा विशेष सुरक्षा व्यवस्था मिलाउने बताएका छन् । राहुल भट्ट महेश भट्ट र किरण भट्टका छोरा हुन्। पूजा भट्ट राहुलकी जेठी दिदी हुन् । आलिया महेश भट्ट र उनकी दोस्रो पत्नी सोनी राजदानकी छोरी हुन्। सबैजना एक अर्काको धेरै नजिक छन्।

प्रकाशित : सोमबार, चैत २८, २०७८१६:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

परिवारको साथमा रमाउँदै अभिनेत्री प्रियंका, देखिइन् यस्तो पहिरनमा !