‘केजिएफ २’ देखी डराए शाहिद कपूर, सारे ‘जर्सी’ को प्रदर्शन मिति

एजेन्सी : बलिउड अभिनेता शाहिद कपूरको बहुप्रतिक्षित फिल्म ‘जर्सी’ यहीँ १४ अप्रिलमा प्रदर्शनमा ल्याउने तय भएको थियो। भारतीय सञ्चारमाध्यमहरुका अनुसार फिल्म निर्माताले फिल्मको प्रदर्शन मिति अगाडी सारेका छन्। यो फिल्मको प्रदर्शन मितिलाई अगाडी सार्नुमा ‘केजिएफ च्याप्टर २’ लाई कारक मानिएको छ।

शाहिद कपुर र मृणाल ठाकुरको फिल्म ‘जर्सी’ अब २२ अप्रिलमा रिलिज हुँदैछ। प्रसिद्ध फोटोग्राफर भाइरलभयनीले आफ्नो पोस्टमा यसबारे जानकारी दिएका छन्। भाइरलभयनीले इन्स्टाग्राम पोस्टमा लेखेको छ – ‘जर्सी अब २२ अप्रिलमा रिलिज हुनेछ। यो फिल्मलाई गौतम तिन्ननुरीले निर्देशन गरेका हुन्। फिल्ममा मृणाल ठाकुर र पङ्कज कपुर पनि मुख्य भूमिकामा छन्।’

फिल्म ‘जर्सी’ को प्रदर्शन मिति धेरैपटक सारिसकेको छ।  यसअघि यो फिल्म ३१ डिसेम्बर सन् २०२१ मा रिलिज गरिने भएको थियो तर त्यतिबेला ओमिक्रोनको बढ्दो खतरालाई ध्यानमा राख्दै फिल्मको रिलिज मिति सारिएको थियो। योसँगै एकपटक फेरि पनि यो फिल्मको रिलिज डेट १४ अप्रिलबाट २२ अप्रिलमा पुर्याईएको छ।

प्रकाशित : सोमबार, चैत २८, २०७८१२:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘उत्तरन’ को सोझी इच्छाको कल्पना नगरिएको यस्तो रुप, सामाजिक सञ्जालमा तहल्का मच्चाउँदै !