जन्मजात भाग्यशाली मानिन्छन् यस यस राशिका मानिस, जीवनमा खुब प्राप्त गर्छन् सुख र धन

ज्योतिष शास्त्रका अनुसार १२ राशिहरु रहेका छन् र प्रत्येक राशिको आ-आफ्नै ग्रह हुन्छ । मंगल देव मेष र वृश्चिकको स्वामी ग्रह हुन् । त्यस्तै मिथुन र कन्या राशिको स्वामी ग्रह बुध देव हुन् । त्यसै गरी कर्कट राशिको स्वामी चन्द्रमा र सिंह राशिको सूर्य हो। यी ग्रहहरूको प्रभाव सम्बन्धित राशिका व्यक्तिमा हुने गर्दछ । यहाँ हामी यस्ता ३ राशिका बारेमा चर्चा गर्दैछौँ । जससँग सम्बन्धित व्यक्तिहरू जन्मजात नै भाग्यशाली मानिन्छन्।

मेष राशि


मेष राशि भएका व्यक्तिहरु जोसिला, जिद्दी र आकर्षक हुन्छन्। यिनीहरुको भाग्य निकै तेज हुने गर्दछ । यस राशिका मानिसले गरेको मेहनतको फल तुरुन्तै मिल्छ । मे राशिका मानिसले जीवनमा आउने हरेक चुनौतीको सहजै सामना गर्छन्। कहिले हार मान्दैनन्, निकै गुणी हुन्छन् यस राशिका मानिस । कुनै पनि कुरा धेरै छिटो सिक्ने गर्दछन् ।

सिंह राशि

सिंह राशिका मानिसहरु खुल्ला दिमागका हुन्छन् । उनीहरूले एक पटक गरेको निर्णयमा सफलता पाएपछि मात्रै छोड्ने गर्दछन् । यस राशिका मानसि सधैं आफ्नो पहिचान बनाउने सोचमा हुन्छन् । कडा परिश्रम गरेर आफ्नो करियरमा उच्च स्थान हासिल गर्न सफल हुन्छन् । यस राशिका मानिसले जताततैबाट सम्मान पाउँछन् । उनीहरुको भाग्य पनि निकै तेज हुन्छ ।

वृश्चिक राशि

यस राशिका व्यक्तिहरू मेहनती र बुद्धिमान हुन्छन्। जीवनका हरेक समस्यालाई साहसका साथ सामना गर्छन् । यस राशिका मानिसको आर्थिक अवस्था सामान्यतया राम्रो छ। यस राशिका मानिसमा सुख सुविधाको कुनै कमी हुँदैन । उनीहरुले हात हालेको काममा सफलता पाएर छोड्ने स्वभावका हुन्छन् । वृश्चिक राशिको मानिसलाई प्राय: भाग्यले साथ दिने हुन्छ ।

प्रकाशित : सोमबार, चैत २८, २०७८१२:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैशाख १ गते बुधादित्य योग बन्दै, ४ राशिले कमाउनेछन् नाम, पहिचान र प्रसिद्धि