ज्योतिषका शास्त्रका अनुसा जब कुनै ग्रहले राशि परिवर्तन गर्दछ त्यसको प्रत्यक्ष असर मानव जीवनमा पर्ने गर्दछ । बुद्धि र व्यापारका दाता बुध देव यही चैत २९ गते मंगलबार राशि परिवर्तन गर्दै छन् । ज्योतिष शास्त्रका अनुसार कुनै ग्रह सूर्यको नजिक आउँदा त्यसको शक्ति घट्छ । त्यस्तै जब सूर्य बाट कुनै ग्रह टाढा जान्छ तब त्यस ग्रहको उदय हुन्छ । जान्नुहोस् बुध ग्रहको उदयले कुन राशिलाई फाइदा हुने भएको छ ।
मिथुन राशि
बुध ग्रहको उदय मिथुन राशिको लागि लाभदाय हुनेछ। मिथुन राशिको ११ औँ घरमा बुधको उदय हुने भएको छ । जसलाई नाफा र आम्दानीको स्थान पनि भनिन्छ । यस समयमा मिथुन राशिका व्यक्तिको आम्दानी बढ्न सक्छ साथै व्यापार व्यावसायमा आम्दानी हुनेछ । मिथुन राशिको स्वामी ग्रह बुध हो। बुद्धदेवलाई बुद्धि र व्यापारको कारक मानिन्छ। यस समयमा तपाईको बुद्धिले धन कमाउन सफल हुनुहुनेछ।
कर्कट राशि
कर्कट राशिको दशौँ घरमा बुधको उदय हुने भएको छ । जसलाई कर्म र करियरको स्थान पनि भनिन्छ। यो समयमा नयाँ कामको प्रस्ताव आउन सक्छ। कार्य स्थलमा पदोन्नतिको प्रबल सम्भावना छ। व्यापार व्यवसायमा अप्रत्याशित सफलता हात लाग्न सक्छ । वैदेशिक रोजगारीबाट लाभ मिल्नेछ । कार्यशैलीमा सुधार आउनेछ।
मीन राशि
यस राशि परिवर्तनको समयमा मीन राशिको दोस्रो घरमा बुधको उदय हुने भएको छ । जसलाई धन र बोलीको स्थान भनिन्छ। यस समयमा आकस्मिक आर्थिक लाभ हुन सक्छ। लामो समयसम्म अड्किएको धन प्राप्त हुन सक्छ। बुधको उदय शिक्षा र व्यापारसँग सम्बन्धित व्यक्तिहरूका लागि लाभदायक हुनेछ। मीन राशि भएका व्यक्तिहरुलाई यस समयमा हरेक काममा सफलता मिल्नेछ ।