चैत्र २७ गतेको राशिफल : आइतबार मालामाल बन्नेछन यी राशि, हुनेछ चौतर्फी लाभ

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं.२०७८ चैत्र २७ गते आइतबार हो। यस दिन नवरात्रिको अन्तिम दिन हो। नवरात्रिको पावन दिनमा दुर्गा माताको विधि-विधानपूर्वक पूजा-अर्चना गरिन्छ। नवरात्रिको अन्तिम दिन रामनवमी मनाइन्छ। यस दिन भगवान श्रीरामको जन्म भएको थियो।  आइतबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –

चैत्र २७ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन – आइतबार(Sunday)।।। नक्षत्र – तिष्य , २८:३७ बजे उप्रान्त अश्लेषा ।।। तिथि – नवमी , २४:३९ बजे उप्रान्त दशमी ।।। करण – वालव ११:५१ बजेदेखि कौलव , २४:३९ बजे उप्रान्त वणिज ।।। योग – सुकर्मा , १०:१५ बजे उप्रान्त धृति ।।। चैत २७, २०७८, आइतबार ।।। १० अप्रिल, सन् २०२२ ।।। नवमी, चैत्र शुक्लपक्ष ।।। चौलाथ्व, ११४२ ने.सं.।।। सूर्योदय(sunrise) – ५: ४७ ।।। सूर्यास्त(sunrise) – १८:२५ ।।। कार्यक्रम  : -राम नवमी ।।। शुभ साइत :- होम गर्ने साइत, रुद्री गर्ने साइत ।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

दिन राम्राखालको छैन्। अनेकौँ समस्या परी मन खिन्न हुनेछ।आगामी दिनमा मात्र सामान्यखालको सुधार आउला । परिवारबाट पाउनुपर्ने सहयोग होलाजस्तो छैन । त्यस्तै मित्रहरू पनि स्वार्थीखालका छन्। स्वास्थ्यस्थितिसमेत त्यति राम्रो देखिँदैन ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

केही काम बन्नेछन् तर झन्झटकै बढोत्तरी देखिन्छ । मनमा भएको शङ्का र त्रास घटे पनि निर्णय गर्ने शक्तिमा कमी छ । मित्रबाट भने राम्रै सहयोग प्राप्त होला । पढाइको क्षेत्रमा पनि पहिलेभन्दा सामान्य सुधार आउनेछ

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

पहिलेभन्दा सुधारिएको दिन छ । मानसिक चिन्तामा बिस्तारै कमी आउनेछ भने गरेका काम सामान्य रूपले भए पनि बनेरै जानेछन् । व्यापार र व्यवसायले राम्रै लाभ दिनेछ । साँझतिर अनावश्यक झन्झट पर्न सक्छ ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

आम्दानी र खर्च बराबरै जस्तो हुनाले बचत हुने सम्भावना कम छ । विशेषगरेर आफ्नो र परिवारको स्वास्थ्यसम्बन्धी समस्याले खर्च बढाइरहला । शिक्षाको क्षेत्रमा राम्रा दिन आएकाले त्यतैतिर श्रम थप्नुहोस् । व्यावसायिक कामबाट सामान्यखालको लाभ लिन सक्नुहुनेछ ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

पेटमा बिसन्चो वा रुघाखोकीको प्रकोपले हैरान पार्ला र त्यसको उपचारका लागि खर्चसमेत गर्नुपर्नेछ । बेलुकीदेखि मात्र स्थितिमा सुधार आउला । बौद्धिक स्थिति त्यति राम्रोखालको छैन । जागिरकै कामले मात्र टेवा देला । शिवजीको सेवा गरिरहनुहोस् ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

मध्यमखालको दिन छ । आधा काम बन्नेछन् भने आधा बाँकी नै रहनेछन् । बौद्धिक स्थिति राम्रो भए पनि बाधा दिने तत्वको बढोत्तरीले लक्ष्य पूरा गर्न गाह्रो हुनेछ । स्वास्थ्य पनि पूरा राम्रो रहलाजस्तो छैन । प्रत्येक दिन गणेशको दर्शन र आराधना गरिरहनुहोस् ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

सम्मान र खर्चमा खास फेरबदल देखिँदैन । प्रतिष्ठा बढ्ने समय हाल छैन । बरु तपाईंको तेजोवध गर्नेहरू धेरै निक्लनेछन् । शिक्षाको क्षेत्रमा सामान्य प्रगतिमात्रै छ । विवाहसम्बन्धी कुरामा केही प्रगति हुन सक्छ ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

दिन राम्रैखालको छ ।दिनको सुरुवातमै इष्टमित्रसँग भेटघाट हुनुको साथै रमाइलो गरिएला । मित्रहरू मद्दत दिनेखालका नै छन् । मुद्दा–मामिला वा वादविवादमा पनि विजय हुने समय छ । स्वास्थ्यबारे पीर मान्नुपर्दैन । व्यवसायले पनि केही न केही दिइरहनेछ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

खर्च बढी होला । राम्रो काममै खर्च हुनाले मानसिक चिन्ता भने पर्ने छैन । किताब किन्नमा वा शैक्षिक सामग्री सङ्कलन गर्नमै धेरै खर्च हुनेछ । प्राविधिक ज्ञान प्रशस्त छ । त्यसैले तपाईंलाई केही न केही लाभ पनि गराइरहला ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मनमा डर र शङ्का त रहला तर हाल बिग्रने समय छैन । धेरै कुरामा निर्णय लिने मुडमा तपाईं हुनुहुन्छ । अस्थिरताको वातावरण बिस्तारै घटेर जाला । शिक्षाको क्षेत्रमा सामान्य प्रगति छ । मित्रहरूबाट सहयोग हुने नै छ । प्रेमको क्षेत्रमा पनि प्रगतिकै रेखा सामुन्ने आउनेछन् ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

असल काममै खर्च हुनेछ । हातले समातेको व्यवसायले त्यस्तो खर्चलाई पु¥याउन सकिनेछ । आन्तरिकभन्दा बाह्य व्यापारले टेवा देला । काम गर्ने साहस कत्ति पनि घटेको छैन । मान–प्रतिष्ठामा ह्रास देखिन्न । बाधा दिनेभन्दा सहयोग गर्ने मित्रको सङ्ख्या बढी छ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

दिनलाई राम्रो रूपमा लिन सकिन्छ । मनमा अलिकति शङ्का र भय भए पनि बिस्तारै त्यसलाई निर्मूल गर्न सकिनेछ । व्यवसायिक लाभ मध्यमखालको छ भने गणेश एवम् शनिको आराधनाले धेरै बाधालाई हटाउन सकिनेछ।

प्रकाशित : शनिबार, चैत २६, २०७८१९:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२२ वर्षपछि यी राशिहरुमा शनिको नकारात्मक प्रभाव पर्दै, जान्नुहोस् छुटकारा पाउने उपाय!