मङ्गल र शनि ग्रहको प्रभावले कस्तो रहला ४ राशिका विशेषता ?

काठमाडौँ : ज्योतिष शास्त्रमा सबै राशिहरुका अलग-अलग स्वामी ग्रहहरु हुन्छन्। ग्रह दशा र स्वामी ग्रहका आधारमा विभिन्न राशिका व्यक्तिहरुका स्वभाव र भविष्यको बारेमा जानकारी लिन् सकिन्छ। १२ राशिहरुमध्ये मेष र वृश्चिक राशिको स्वामी मङ्गल हो जबकि मकर र कुम्भ राशिको स्वामी ग्रह शनि हो। ग्रहहरुको प्रभावले यी राशिका व्यक्तिहरुका स्वभाव कस्तो हुन्छ त ?

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मङ्गल ग्रहको प्रभावको कारण मेष राशिका मानिसहरुका स्वभाव निकै जोशपूर्ण र उत्साही हुन्छ। यी राशिका मानिसहरु नयाँ-नयाँ कुराहरु सिक्न र चुनौतीहरुको डटेर सामना गर्न रुचि राख्छन्। यिनीहरु आफ्नो काम र सम्बन्धलाई निकै महत्व दिन्छन्। यिनीहरुमा विलक्षणको प्रतिभा हुन्छ। यिनीहरुको सबैभन्दा ठूलो कमजोरी भनेको चाँडै रिसाउने बानी हो।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

वृश्चिक राशिका मानिसहरु निकै बुद्धिमान मानिन्छन्। तर मङ्गल ग्रहको प्रभावका कारण यिनीहरुका निकै उग्रवादी स्वभावका हुन्छन्। यिनीहरु कसैको अधीन रहेर काम गर्न मन पराउँदैनन्। यिनीहरु आफ्नो मिहिनेतले जीवनमा अगाडी बढ्न रुचाउँछन्। यिनीहरुको दाम्पत्य जीवन राम्रो हुन्छ। वृश्चिक राशिका व्यक्तिहरुले सामान्यतया प्रशासनिक सेवा, प्रहरी, चिकित्सा, गणितज्ञ जस्ता क्षेत्रमा बढी सफलता हासिल गर्छन्।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मकर राशिका मानिसहरुका दृढ संकल्पशक्ति हुन्छ। स्वामी ग्रह शनि सन्तुलित रहेन् भने यस राशिका मानिसहरु नैराश्यले घेरिन्छन्। यिनीहरु स्वभावले कठोर हुन्छन्। जिद्दी स्वभावका कारण मकर राशिका व्यक्तिहरुको जीवनसाथीसँग मतभेद हुनसक्छ। यस राशिका मानिसहरुले औद्योगिक, गणित, खेती-किसानी, विज्ञानको क्षेत्रमा भरपूर सफलता हासिल गर्छन्।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

ज्योतिष शास्त्रका अनुसार कुम्भ राशिका मानिसहरु दृढ संकल्पका हुन्छन्। यिनीहरु हरेक काम धेरै सावधानीपूर्वक गर्छन्। यो राशिका मानिसहरु एक्लै बस्न रुचाउँछन्। यिनीहरु आफ्ना जीवनसाथीलाई अपार प्रेम गर्छन् तर प्रेमलाई व्यक्त गर्न सक्दैनन्। यिनीहरुले सरकारी या गैरसरकारी संस्थाहरुमा काम गरी जीवनमा सफलता हासिल गर्छन्।

प्रकाशित : शनिबार, चैत २६, २०७८१७:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तुलसी सुख्खा पातले बनाउनेछ मालामाल, अपनाउनुहोस् यी उपाय