बैशाख २ गतेसम्मको साप्ताहिक राशिफल : साता राम्रो खालको छ, हुनेछ ठूलो फलिफाप

चैत २६ गते देखि बैशाख २ गतेसम्मको साप्ताहिक राशिफल : • ज्योतिषाचार्य दामोदरनाथ लोहनी, • साताका चाड : – २६ गते चैते दशैँ, अष्टमी व्रत, चैत्राष्टमी, भवानीको पूजा । २७ गते श्रीराम नवमी व्रत, श्रीराम जयन्ती । २९ गते कामदा एकादशी व्रत । १ गते विसं २०७९ प्रारम्भ। 

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मङ्गलबार र बुधबार राम्रो भए पनि बाँकी पाँच दिन त्यति राम्रा छैनन् । सुरुका तीन दिनमा स्वास्थ्यसम्बन्धी समस्या परेर अत्यधिक खर्च होला भने पछिल्ला दुई दिनमा बेकारको वादविवाद पर्नेछ । पढाइको स्तर घट्दै आएको छ । बगलामुखीको आराधना गर्नुहोस्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

स्थिति सप्रिएर आएको छ। अलिकति खर्च त बढ्ला तर त्यसलाई भ्याउन सक्ने आयसमेत गर्नुहुनेछ। पढाइको क्षेत्रमा राम्रो प्रगति होला। आन्तरिक व्यापारभन्दा बाह्य व्यवसायले साथ दिनेछ। परिवारबाट भने त्यति सन्तोष मिल्ने समय छैन।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

सातालाई राम्रो रूपमा लिन सकिन्छ। पुराना बाँकी रहेका धेरै काम बन्नेछन्। स्वास्थ्यको स्थिति पनि सप्रिएर आएको छ। रिस गर्नेहरूको सङ्ख्या क्रमशः घटेर जाला तैपनि मुखबाट वाणी निकाल्दा विचार गर्नुहोस्। जागिरमा ठूलो फलिफाप देखा पर्दैन।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

राम्रो खालको साता छ। सुरुको दिनमा भोजभतेर पर्नुका साथै इष्टमित्रसँग समेत भेटघाट होला तर मित्रवर्गबाट ठूलो सहयोग भने मिल्लाजस्तो छैन। आर्थिक स्थिति राम्रैसित सप्रिएला। गरेका काम ढिलो भए पनि बनेरै जानेछन्। व्यापार, व्यवसायमा राम्रो छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

प्रारम्भका तीन दिनमा खर्च अत्यधिक बढ्नेछ। त्यसपछि भने बिस्तारै सुधार भएर आउला। भोजभतेर प्रशस्त पर्नेछन्। त्यसका लागि खर्च गर्नुपर्ने हुँदा पैसाको बचत देखिन्न। स्वास्थ्यको स्थिति मध्यम मात्र छ। मनमा तर्क र कुतर्क बढी चलिरहला।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

समष्टिगत स्थितिमा सुधार आए पनि मनमा भएको शङ्का र भय हट्न भने अझैँ  केही दिन पर्खनु पर्ला। आर्थिक स्थिति बिस्तारै सप्रिएर आएको छ । व्यापारसम्बन्धी काममा भने राम्रो प्रगति होला । पढाइ र लेखाइ दुवैतिर प्रगतिकारक देखिन्छ ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

बुधबारसम्मका दिन राम्रा छन्। यात्रा हुने सम्भावना छ भने त्यसबाट फाइदासमेत होला। विवाह वा प्रेमको विषयमा सफलता नै मिल्नेछ। रिस गर्नेहरू र काम बिगार्न खोज्नेहरू भए पनि हाल तिनीहरूको केही लाग्ने छैन। गणेशको सेवाले खर्चमा नियन्त्रण आउनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

साता राम्रो खालको छ। धेरै काम बन्नेछन्। असल काम गर्नेतिर मनको प्रवृत्ति जाला भने गरेका काम सफलसमेत हुनेछन्। आर्थिक स्थिति त्यति नराम्रो छैन। यद्यपि खर्चको मात्रा भने घट्ने देखिन्न। असल काममा नै खर्च हुनाले मनमा खिन्नता हुने स्थिति हाल छैन।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

सुरुका तीन दिनमा चन्द्रमाको स्थिति राम्रो नभएकाले ठूला काम नगर्नुहोस्। मङ्गलबारदेखि मात्र त्यसमा सुधार आउला। व्यावसायिक काममा विशेष रुचि बढिरहेको छ। त्यसैमा लगानी बढाए फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा सोचेको जति प्रगति हुने छैन।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

सुरु र अन्त्य राम्रो भए पनि बीचको भागले खिन्नता बढाउला। मानप्रतिष्ठा बढ्ने समय हाल देखिन्न। बन्न बन्न लागेको काममा समेत भाँजो हाल्ने धेरै हुनेछन्। जागिरको क्षेत्रबाट मनमा विशेष निराशा मात्र हुनेछ। कम्मरभन्दा मुनिको भागमा कष्ट भएर खर्च बढ्ला।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

बाधा दिनेहरू प्रशस्त छन्। तिनीहरूसँग सङ्घर्ष गरिरहनु पर्नेछ तर हाल तपाईंले पराजय नै देख्नुपर्ने स्थिति भने छैन। सूर्यको आराधनाले यस्ता बाधालाई जित्न सकिनेछ। व्यवसायको क्षेत्रबाट प्रशस्तै लाभ गरिनेछ। पढाइ र लेखाइमा मध्यमस्तरको प्रगति हुनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मनमा डर लागिरहे पनि बिग्रने समय छैन। केही गतिला काम तपाईंको हातमा पर्न सक्छन्। असल काम गर्ने भावना उठ्ला र केही समयसमेत दिनुहुनेछ। व्यापार, व्यवसायबाट मनग्गै लाभ होला। सप्ताहान्तमा मित्रबाट राम्रो सहयोग पाउनु हुनेछ।

प्रकाशित : शनिबार, चैत २६, २०७८१०:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चैत्र २७ गतेको राशिफल : आइतबार मालामाल बन्नेछन यी राशि, हुनेछ चौतर्फी लाभ