सुपरस्टार यशको फिल्म ‘के. जी. एफ च्याप्टर २’ छिट्टै हलमा रिलिज हुन लागेको छ तर हलमा आउनुअघि नै फिल्मले करोडौँ कमाइसकेको छ । चलचित्रको अग्रिम बुकिङ सुरु भइसकेको छ, जसलाई दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेका छन् ।
अहिले सञ्जालमा भारतीय अभिनेता यशको साथै फिल्म ‘के. जी. एफ च्याप्टर २’ निकै चर्चा चलेको छ ।अहिले चलचित्र हलमा आउन अझै ६ दिनबाँकी हुँदा नै चलचित्रको टिकट ठूलो मात्रामा अग्रिम बुकिंङ भएको छ । यो फिल्मको रिलिजको प्रतीक्षामा फ्यानहरु आतुर छन् । यो चलचित्र अबको केही दिनमा हलमा रिलिज हुँदैछ ।
यो फिल्मले रिलिज अगावै चर्चामा आएको छ । चलचित्रले अग्रिम बुकिङमार्फत करोडौँ रुपैयाँ कमाएको छ भने यसबाट नै अनुमान लगाउन सकिन्छ कि ‘के.जी.एफ च्या-प्टर २’ ले बक्स अफिसमा तहल्का मच्चाउनेछ ।
अहिले भारतीय मिडियाको अनुसार बुहीबार १२ घण्टामा हिन्दी बेल्टमा १ लाख ७ हजार टिकट बिक्री भई जम्मा ३.३५ करोड आम्दानी भएको बताइएको छ ।
निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ले अग्रिम बुकिङबाट मात्रै ५.०८ करोड कमाएको थियो । योसँगै KGF: च्याप्टर २ ले १२ घण्टामा ३.३५ करोड रुपैयाँ कमाएको छ । ‘आरआरआर’ ले ३७८८ शोहरूको लागि अग्रिम बुकिङ मार्फत कमाइयो। साथै (के. जी, एफ २’ को अग्रिम बुकिङ १८३९ शोबाट मात्रै भएको छ ।
यस्तो अवस्थामा चलचित्रले अप्रिल १३ बुधबारसम्म हिन्दी क्षेत्रमा अग्रिम बुकिङबाट १५ देखि १७ करोड रुपैयाँसम्म कमाउन सक्ने अनुमान गरिएको छ ।