४ राशिका जीवनमा छायो खुशीको बहार, आजबाट सुरु भयो गुड लक

काठमाडौँ : राम्रो र नराम्रो दिन दुवै जीवनका अभिन्न हिस्सा हुन्। मानव जीवनमा सुख:दुखको चक्र चलिरहन्छ। ज्योतिष शास्त्र अनुसार मानिसको राशिसँग सम्बन्धित ग्रह-नक्षत्रहरुले तिनको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ। ग्रहहरूले आफ्नो स्थिति परिवर्तन गर्दा त्यसको राम्रो र नराम्रो प्रभाव राशिहरुमा पर्छ। आज चैत्र २४ गते(अप्रिल ७) बिहिबार मङ्गल ग्रहले आफ्नो राशि परिवर्तन गरेको छ।

मङ्गल ग्रहलाई सबै ग्रहहरुको सेनापति मानिन्छ। यो शक्ति, उर्जा, भूमि, बहादुरी जस्ता चीजका कारक हुन्। मङ्गल बिहिबार कुम्भ राशिमा गोचर गरेको छ। यहाँ मङ्गल जेठ २ गते(१६ मे) सोमबारसम्म रहनेछ। त्यसपछि मीन राशिमा गोचर गर्नेछ। यसबीचको समयावधिमा ४ राशिका भाग्यको ताला खुल्नेछ। यिनको जीवनमा थुप्रै राम्रा परिवर्तनहरु आउनेछन्।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मङ्गलको राशि परिवर्तन मेष राशिका जातकका लागि निकै लाभदायी साबित हुने देखिन्छ। यसले उनीहरुको भाग्य रातारात बदल्छ। भाग्यले हरेक अवसरमा साथ दिनेछ। यिनले हात हालेका काम सहजै पूरा गर्नेछन्। कार्यालयमा यिनको कामको तारिफ हुनेछ। जागिरमा बढुवा हुन् सक्छ। व्यापार व्यवसायमा ग्राहक बढ्नेछन्। शत्रुका सबै चाल असफल हुनेछन्। आर्थिक स्थितिमा सुधार आउनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मङ्गलको गोचरले मिथुन राशिका जातकमा शुभ प्रभाव पर्नेछ। धन आर्जन बढ्नेछ। धन आर्जनको नयाँ अवसर प्राप्त हुनेछ। चारैतिरबाट पैसा आउनेछ। घरमा खुशीयाली छाउनेछ। जीवन साथीसँगको सम्बन्ध मधुर रहनेछ। यदि तपाई कतै पैसा लगानी गर्नेबारे सोच्दै हुनुहुन्छ भने यो सही समय हो। घर वा वाहन खरिदका लागि उत्तम योग छ। पुराना रोकिएका काम पनि समयमै सम्पन्न हुनेछन्। आर्थिक अवस्था राम्रो रहनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

मङ्गल ग्रहको राशि परिवर्तन कर्कट राशिका लागि वरदान भन्दा कम हुनेछैन। धन आगमनका साथसाथै सौभाग्य र खुशी लगायतका धेरै लाभ हुनेछन्। परिवारमा खुशीको माहोल बन्नेछ। शुभ समाचारले मन प्रसन्न पार्नेछ। पुराना साथीभाईसँगको भेटघाटले मन आनन्दित बनाउँछ। समाजमा मान सम्मान बढ्नेछ। नयाँ व्यापार सुरु गर्नको लागि समय शुभ रहेको छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

मङ्गलको राशि परिवर्तनले कुम्भ राशिको जीवनमा खुशीको बहार ल्याउनेछ। तपाईका जीवनका सबै दु:ख-दर्दहरु हट्नेछन्। सबै समस्याको अन्त्य हुनेछ। शत्रुले तपाईलाई हानि गर्न सक्नेछैन्। पैसाको कुनै कमी हुनेछैन्। जागिर या व्यापार जताततै लाभ हुनेछ। तपाईको कामको सर्वत्र प्रशंसा हुनेछ। मित्र तथा समाजमा मान सम्मान बढ्नेछ। प्रियजनको माया र साथ मिल्नेछ। विवाहको योग बन्न सक्छ।

प्रकाशित : बिहिबार, चैत २४, २०७८१३:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भुलेर पनि कसैलाई नभन्नुस् आफ्ना यी ४ गोप्य कुरा, अन्यथा उठाउनेछन् फाइदा !