शनि र मंगलको कृपाले भाग्यमानी साबित हुन्छन् यी ४ राशिका मानिस, धनको मामिलामा हुन्छन् भाग्यमानी !

केही मानिस सानै उमेरमा  ठूलो सफलता हासिल गर्छन्  भने केही  मानिसलाई जीवनमा जति कडा परिश्रम र संघर्ष  गरे पनि सफलता मिल्न निकै मुस्किल हुने गर्दछ । ज्योतिष शास्त्रमा सयको पछाडिको कारण ग्रहहरुको चाल भएको बताइएको छ ।  ज्योतिष शास्त्र अनुसार केही यस्ता राशिहरु छन्  जो जन्मजात नै ऐश्वर्य र वैभवको मालिक हुने गर्दछन् । यस्ता मानिसले सानै उमेर देखि विभिन्न क्षेत्र तथा समाजमा धेरै धन र प्रतिष्ठा कमाउँछन्। जान्नुहोस् ती ४ राशिको बारेमा….

मेष राशि

यस राशिका मानिसहरु धेरै भाग्यमानी र धनी हुन्छन् । यस राशिमा मंगल ग्रहको विशेष कृपा हुन्छ। मंगल ग्रहको प्रभावका कारण यस राशिका व्यक्तिहरूमा आफ्नो कार्य क्षेत्रमा अपार सफलता कमाउँछन्। यस राशिका मानिसहरूले एक पटक गरेको निर्णयलाई पूरा गरेर छोड्ने स्वभावका हुन्छन् । यसका साथै यस राशिका व्यक्तिहरूलाई भाग्यको पूर्ण साथ मिल्छ।

वृश्चिक राशि


वृश्चिक राशिको स्वामी मंगल ग्रह हो। जसका कारण यस राशिका मानिसहरु निडर र साहसी हुन्छन् । साथै यो राशिका मानिसहरु जीवनमा  चाहेको कुरालाई  खुब मेहनत गरेर पाएर छोड्ने स्वभावका हुन्छन् । यही कारणले गर्दा यस राशिका मानिसलाई कम उमेरमै सफलता मिल्छ । यसबाहेक धनको मामिलामा पनि यस राशिका मानिस अरूभन्दा अगाडि हुन्छन् ।

मकर राशि


यस राशिको स्वामी शनिदेव हुन्। शनिको प्रभाव रहेका यस राशिका व्यक्तिहरू धेरै मेहनती, निडर र साहसी हुन्छन्। त्यस्तै यस राशिका मानिस इमानदार र धैर्य वान छन्। यसका साथै यस राशिका व्यक्तिहरुलाई भाग्यको पूर्ण साथ पनि मिल्छ । यस राशिका मानिसले आफूले  काम गरेको क्षेत्रमा धेरै सफलता कमाउँछन्।

कुम्भ राशि


कुम्भ राशिका मानिसहरुमा शनिदेवको विशेष कृपा हुन्छ । शनिदेवको कृपाले यस राशिका मानिसहरु जीवनमा आर्थिक क्षेत्रमा सफल हुन्छन् । सय राशिका अधिकांश मानिसको आर्थिक अवस्था राम्रो हुन्छ ।

प्रकाशित : बुधबार, चैत २३, २०७८१७:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चैत्र २४ गतेको राशिफल : बिहिबार यी राशिलाई अत्यन्तै शुभ, मिल्नेछ प्रचुर लाभ