छिट्टै दुख-दर्दको चक्रबाट मुक्त हुनेछन् ४ राशि, शनिको कृपाले भरिनेछ घरको खजाना

काठमाडौँ : ‘शनि’ को नाम सुन्दा पनि कतिपय मानिसहरु डरले थरथर काम्छन्। खासगरी शनिको साढेसाती र ढैय्याले मानव-जीवनमा ठूलो दुख-दर्द ल्याउँछ। शनि सबैभन्दा सुस्त गतिमा चल्ने ग्रह हो। यो एउटा राशिबाट अर्को राशिमा जान करिब साढे दुई वर्ष लाग्छ। शनिको गोचरले केही राशिलाई राहत मिल्छ भने कतिपयले कठिनाईको सामना गर्नुपर्नेछ।

आगामी वर्षको बैशाख १६ गते शुक्रबार शनिले राशि परिवर्तन गर्दैछ। यसबाट धनु राशिका व्यक्तिहरुले शनिको साढेसातीबाट छुटकारा पाउनेछन्। तर मीन राशिका जातकलाई भने कठिनाईको घडी सुरु हुनेछ। मिथुन र तुला राशिका व्यक्तिहरु शनिको ढैय्याबाट मुक्त हुनेछन् भने कर्कट र वृश्चिक राशिका व्यक्तिहरुमा शनि ढैय्याको प्रकोप सुरु हुनेछ। यी सबैको बीचमा ४ राशिका व्यक्तिले विशेष लाभ पाउनेछन्।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका व्यक्तिहरुलाई शनिको गोचरबाट अथाह फाइदा हुनेछ। सबै अट्किएका कामहरु पूरा हुनेछन्। आर्थिक सङ्कटबाट छुटकारा पाउनुहुनेछ। पैसाको अभाव हुने छैन। जागिरमा बढुवा हुनेछ। व्यापारमा लाभ हुनेछ। तपाईको कामको तारिफ हुनेछ। जीवनमा धेरै सकारात्मक परिवर्तन हुनेछन्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

शनिको गोचरका कारण वृष राशिका मानिसहरुका भाग्य बढ्नेछ। हात हालेका कामहरु बिना रोकटोक पूरा हुन्छ। बेरोजगारले रोजगारी पाउनेछन्। व्यापार विस्तार हुनेछ। कुनै शुभ कार्यको लागि यात्राको योग छ। प्रियजनसँगको सम्बन्ध मधुर रहनेछ। पुरानो साथीसँगको भेटघाटले आर्थिक लाभ मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। तपाईमाथि भगवानको आशीर्वाद रहनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिका व्यक्तिहरूलाई शनिको गोचरले आर्थिक लाभ दिनेछ। धन आर्जनका नयाँ श्रोतहरु फेला पर्नेछ। मिहिनेतको उचित फल मिल्नेछ। उधारो दिएका पैसा फिर्ता हुनेछ। घर-जग्गा या सवारी साधन खरिद गर्नको लागि यो शुभ समय हो। पुराना रोगबाट मुक्ति पाउनुहुनेछ। श्रीमान्–श्रीमतीको सम्बन्ध मधुर रहनेछ। आर्थिक अवस्था मजबुत हुनेछ। रोकिएको पैसा पाउनुहुनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशिका व्यक्तिहरूलाई शनिको गोचरबाट पनि धेरै फाइदा हुनेछ। आम्दानी बढ्नेछ। सरकारी जागिरमा रहेकालाई धन लाभ हुनेछ। अन्तर्वार्ता परीक्षामा उत्तीर्ण हुनेछन्। तपाईको कामको चर्चा सर्वत्र हुनेछ। समाजमा मान सम्मान बढ्नेछ। पुरानो रोकिएको धन पाउनुहुनेछ। राम्रो अवसरहरुलाई हातबाट फुत्किन् नदिनुहोला। हरेक मौकाको फाइदा उठाउनुहोस्।

प्रकाशित : बुधबार, चैत २३, २०७८१७:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनि र मंगलको कृपाले भाग्यमानी साबित हुन्छन् यी ४ राशिका मानिस, धनको मामिलामा हुन्छन् भाग्यमानी !