सन्तानको सबै कष्ट समाधानको लागि भोलि परेकोछ खास संयोग, गर्नुहोस् यस्ता उपाय !

चैत्र शुक्ल पक्षको षष्ठी तिथीमा स्कन्द षष्ठीको व्रत राखिन्छ । मान्यता अनुसार यस दिन भगवान कार्तिकेयको पूजा गरिन्छ । स्कन्द भगवान कार्तिकेयको अर्को नाम पनि हो, त्यसैले यस व्रतको नाम स्कन्द षष्ठी राखिएको हो । यसका साथै यो व्रतलाई सन्तान षष्ठी पनि भनिन्छ । यस वर्ष स्कन्द षष्ठी व्रत चैत २४ गते अर्थात् भोलि मनाइँदै छ । स्कन्द षष्ठीको व्रत परिवारमा सुख शान्ति र सन्तान प्राप्तिका लागि पनि विशेष मानिन्छ ।
जान्नुहोस् सन्तना षष्ठी व्रतको बारेमा ।

स्कन्द षष्ठी व्रतको शुभ समय
चैत्र शुक्ल षष्ठीतिथी चैत २३ गते बेलुकी ६ बजेर ४५ मिनेटमा सुरु हुँदै छ । अर्कोतर्फ षष्ठीतिथी चैत २४ गते राति ८ः३२ बजे समापन हुनेछ । उदयतिथि भएकाले स्कन्द षष्ठीको व्रत चैत २४ गते राखिनेछ ।

स्कन्द षष्ठी व्रत विधि
यस दिन बिहान सबेरै उठेर नुहाउनुपर्छ । यसपछि भगवान कार्तिकेयको ध्यान गर्दै संकल्प गर्नुहोस्। त्यसपछि पूजास्थलमा देवी पार्वती र भगवान शिवको विधिवत पूजा गर्नुहोस्। यसपछि भगवान कार्तिकेयको पूजा गर्नुहोस्। पूजा गर्दा सबैभन्दा पहिले उनीहरुलाई जल चढाउनुहोस् । त्यसपछि फूल, माला, फल आदि अर्पण गर्नुहोस्। त्यसपछि आफ्नो आस्था अनुसार भोग अर्पण गर्नुहोस्। अन्त्यमा धूप, दीप देखाएर मन्त्र जप गर्नुहोस्।

मन्त्र
देव सेनापते स्कंद कार्तिकेय भवोद्भव
कुमार गुह गांगेय शक्तिहस्त नमोस्तुते

विशेष उपाय
यदि सन्तानसँग सम्बन्धित कुनै समस्या छ वा करियरमा अपेक्षित सफलता प्राप्त गर्न सक्नु भएको छैन भने कार्तिकेयको पूजामा उनलाई मयूरको प्वाँख चढाउनुहोस्। यसो गर्नाले सन्तान र करियर सम्बन्धी समस्या समाधान हुने जनविश्वास रहेको छ ।

स्कन्द षष्ठी परिवारमा सुख शान्तिका लागि पनि विशेष मानिन्छ । यस दिन शिव मन्दिरमा भगवान शिव र माता पार्वतीलाई नरिवल चढाउँदा परिवारमा सुख शान्ति कायम रहने जनविश्वास छ ।

प्रकाशित : बुधबार, चैत २३, २०७८१४:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अप्रिल महिनाभर पैसाको खोला बग्नेछ यी ४ राशिको जीवनमा, रहनेछ लक्ष्मी माताको कृपा