भनिन्छ कुनै पनि व्यक्तिलाई विश्वास गर्नु भनेको उसलाई सबै कुरा सुम्पनु बराबर हो। भरपर्दो साथीहरू, जीवनसाथी र सहकर्मीहरू भेट्टाउन धेरै मुस्किल हुन्छ । मानिसले आफ्नो मन कुरा सबैसँग बाँड्न सक्दैन। तर ज्योतिष शास्त्रमा केही यस्ता राशिको उल्लेख गरिएको छ । जसमा केही राशिका मानिसको बारेमा उल्लेख गरिएको छ जसलाई आँखा चिम्लेर विश्वास गर्न सकिन्छ । जान्नुहोस् ती राशिका बारेमा।
मेष राशि
ज्योतिष शास्त्रका अनुसार मेष राशिका व्यक्तिहरू धेरै इमानदार, दयालु र सधैँ सत्यको पक्षमा उभिने स्वभावका हुन्छन्। यस राशिका मानिसलाई अनावश्यक कुरा गर्न मन लाग्दैन । उनीहरूलाई सिधा कामको बारेमा कुरा गर्ने मन पर्छ । यस राशिका मानिसहरुलाई आफ्नो मनको कुरा भन्न सकिन्छ । यस राशिका मानिसले विश्वास तोड्दैनन् ।
कर्कट राशि
कर्कट राशिका व्यक्तिहरू भरपर्दो हुन्छन्। यसका साथै उनीहरुलाई निकै भावुक स्वभावका पनि मानिन्छ । साथी वा जीवन साथीको रूपमा यस राशिका व्यक्तिहरू धेरै राम्रो हुन्छन्। जीवन भरको लागि यस राशिका मानिसको साथ सहयोग पाउनु भनेको कुनै उपहार भन्दा कम छैन । कर्कट राशि भएका व्यक्तिहरू भरपर्दो हुनुका साथै सुख-दु:खमा सँगै साथ रहने गर्छन्।
सिंह राशि
सिंह राशिका व्यक्ति इमानदार हुनुका साथै विश्वासयोग्य पनि हुन्छन् । न कसैको भरोसा तोड्छन् न त समस्याको समयमा साथ छोड्छन् । सामान्यतया यो राशिका मानिसहरु झूटो बोल्नेहरुप्रति घृणा गर्छन् ।
कुम्भ राशि
कुम्भ राशिका मानिसलाई बुद्धिमानी मानिन्छ । यस राशिका मानिस प्राय: अरूको लागि विश्वसनीय साबित हुन्छन्। यस राशिका मानिसहरुको इमानदारीमा शंका गर्नु हुँदैन । यो राशिका मानिसलाई विश्वास गर्न सकिन्छ ।