यस दिन परेको छ लक्ष्मी पञ्चमी, यस दिन गरेको यस्ता उपायले वर्ष भर हुनेछ माता लक्ष्मीको कृपा !

चैत्र शुक्ल पञ्चमीलाई लक्ष्मी पञ्चमीका रुपमा मनाइन्छ । यसका साथै यस दिन लक्ष्मी पञ्चमीको व्रत पनि बस्ने गरिन्छ । यस व्रत गर्नाले लक्ष्मीको कृपा प्राप्त हुने जनविश्वास रहेको छ । यसका साथ-साथै घरमा ऐश्वर्य-वैभव र सुख–समृद्धि आउँछ । शास्त्र अनुसार यस दिन लक्ष्मी माताको पूजा गर्नाले आर्थिक संकटबाट मुक्ति पाउन सकिन्छ । यस वर्ष लक्ष्मी पञ्चमी चैत २३ तारिकमा परेको छ । यस दिन दिन लक्ष्मीको पूजा गर्ने तरिका जान्नुहोस् ।

लक्ष्मी पञ्चमीको पूजा विधि

यस दिन सूर्योदय भाडा पहिले नुहाएर सफा लुगा लगाएर लक्ष्मीको पूजा गर्नु शुभ मानिन्छ । पूजा गर्दा मातालाई अन्न, बेसार र सखर चढाउनुपर्छ । यस दिन घरमा श्री यंत्रको स्थापना गर्नु शुभ मानिन्छ। त्यसैले यस यंत्रको स्थापना गरेपछि श्रीसूक्त र कमलको फूलको मन्त्रले हवन गर्नुहोस्। हवन सकिएपछि मातालाई श्रृंगारका वस्तुहरू अर्पण गर्नुहोस्। यसपछि लक्ष्मीलाई रातो फूल र भगवान विष्णुलाई पहेँलो रंगको वस्त्र चढाउनुहोस्। यसका साथै यस दिन माता लक्ष्मीलाई खीर चढाउनुपर्छ ।

लक्ष्मी पंचमी मन्त्र
लक्ष्मी बीज मन्त्र – ओम ह्रीं श्री लक्ष्मीभयो नमः

महालक्ष्मी मन्त्र – ओम् श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद ओम् श्रीं ह्रीं श्रीं महालक्ष्मयै नम: ओम लक्ष्मी गायत्री मन्त्र – ओम् श्री महालक्ष्म्यै च विद्महे विष्णु पत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात् , लक्ष्मी बीज मन्त्र – ओम ह्रीं श्री लक्ष्मीभयो नमः

महालक्ष्मी मन्त्र – ओम श्रीं ह्रीं श्रीं कमले कमलये प्रसीद प्रसीद ओम श्रीं ह्रीं श्रीं महालक्ष्मीयै नमः:
ओम लक्ष्मी गायत्री मन्त्र – ओम श्री महालक्ष्मी च विद्महे विष्णु पतनयै च धीमही तन्नो लक्ष्मी प्रचोदयात

दानको विशेष महत्त्व छ
शास्त्र अनुसार लक्ष्मी पञ्चमीको दिन दान गर्नुपर्छ । साथै यस दिन गाईलाई खना तथा घाँस खुवाउनुहोस्, किनकि यस दिन गाईलाई चारा दिनाले लक्ष्मीको कृपा प्राप्त हुन्छ।

प्रकाशित : मङ्गलबार, चैत २२, २०७८१७:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

निकै भरपर्दो हुन्छन् यी ४ राशिका मानिस, यिनीहरुको जीवन भर साथ पाउन उपहार समान हुनेछ !