चैत्र २२ गतेको राशिफल : मङ्गलबार सावधान रहनुस् यी ३ राशि, हुन् सक्छ ठूलो हानि

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं.२०७८ चैत्र २२ गते मङ्गलबार हो। मङ्गलबारको दिन बजरंगबली हनुमानजीलाई समर्पित हुन्छ। यस दिन हनुमानजीको विधिवत् पूजा-अर्चना गरिन्छ। मङ्गलबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –

चैत्र २२ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन –मङ्गलबार (Tuesday)।।। नक्षत्र – कृत्तिका , १६:२३ बजे उप्रान्त रोहिणी ।।। तिथि – चतुर्थी , १५:०३ बजे उप्रान्त पञ्चमी ।।। करण – भद्रा १५:०३ बजेदेखि वव , २७:५५ बजे उप्रान्त कौलव ।।। योग –प्रीति , ७:५० बजे उप्रान्त आयुष्मान् ।।। चैत २२, २०७८, मङ्गलबार ।।। ०५ अप्रिल, सन् २०२२ ।।। चतुर्थी, चैत्र शुक्लपक्ष ।।। चौलाथ्व, ११४२ ने.सं.।।। सूर्योदय(sunrise) – ५: ५२ ।।। सूर्यास्त(sunrise) – १८:२३।।। कार्यक्रमहरू : – मंगल-चतुर्थी व्रत ।।। शुभ साइत :होम गर्ने साइत ।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मानसिक रुपले स्वस्थ रहनुहुनेछ। पारिवारिक जीवन सुखी रहनेछ।  हराएको वस्तु मिल्नेछ। आफ्नो विचार र आवेशलाई ध्यानमा राख्नुहोला। विदेशी व्यापारसँग सम्बन्धित सफलता र लाभ मिल्नेछ। बौद्धिक चर्चामा  विवाद टाल्नुहोला  ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

दिनभर मनमा आनन्द छाईरहनेछ। कार्यमा व्यवस्थित रुपले अगाडी बढाउन सकिनेछ। योजना अनुसार कार्य सम्पन्न हुनेछ। अपूर्ण कार्यलाई सफलतापूर्वक पूर्ण गर्नुहुनेछ। कार्यालयमा सहकर्मीको सहयोग मिल्नेछ। माईतबाट शुभ समाचार मिल्नेछ। मानसिकरुपले आनन्दित रहनुहुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

दिन मध्यम रहनेछ। नयाँ कार्य प्रारम्भ नगर्नुहोला। जीवनसाथी र सन्तानको विषयमा चिन्ता रहनेछ। जसकारण मनमा उद्वेग रहनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। खर्चको मात्रा अधिक रहनेछ। विद्यार्थिको लागि समय अनुकुल रहनेछ। मनमुटावको प्रसङ्ग उपस्थित नहोस् यस कुराको ध्यान राख्नुहोला।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

शारीरिक स्फूर्ति र मानसिक प्रसन्नता राख्नको लागि कष्ट अनुभव हुनेछ। छातीमा पीडा अथवा अन्य विकारले कष्टको अनुभूति हुनेछ। घरका सदस्यसँग उग्र चर्चा वा वाद-विवाद नहोस् यस कुराको ध्यान राख्नुहोला। अधिक खर्च हुनेछ। सामाजिक रुपले मानहानिको प्रसङ्ग उपस्थित नहोस् यसको ध्यान राख्नुहोला।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

कार्य सफलता र प्रतिस्पर्धिमा विजय मिल्नाले मनमा प्रसन्नता छाउनेछ। भाई-बहिनीसँग सम्बन्ध मीठास बनिरहनेछ। मित्र र आफन्तसँग रमणीय यात्राको योग छ। आर्थिकरुपले लाभ मिल्नेछ। मानसिक रुपले तनावमुक्त रहनुहुनेछ। भाग्यवृद्धिको योग रहेको छ। नयाँ कार्य प्रारम्भ गर्नको लागि शुभ दिन रहेको छ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

दिन शुभ रहनेछ। बोलीको मधुरताले अरु व्यक्तिको मनमा सकारात्मक छाप छोड्न सक्नुहुनेछ। पारिवारिक वातावरण सकारात्मक रहनेछ। बोलीमा ध्यान राख्नुहोला। अनावश्यक वाद-विवादमा नपर्नुहोस्। आर्थिक कार्य सफलताका साथ सम्पन्न हुनेछ। नकारात्मक विचारबाट टाढा रहनुहोला। मित्र र आफन्तसँग भेट हुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

प्रत्येक कार्यमा आत्मविश्वास छल्किनेछ। आर्थिक योजना पनि सरलतापूर्वक सम्पन्न हुनेछ। शारीरिक तथा मानसिक रुपले प्रसन्नताको अनुभव हुनेछ। वस्त्राभूषण र आनन्दमा खर्च हुनेछ। वैचारिकरुपले  दृढता रहनेछ। सिर्जनात्मक प्रवृत्तिमा मन लाग्नेछ ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

रमाइलो तथा मनोरञ्जनको क्षेत्रमा खर्च हुनेछ। स्वास्थ्य सम्बन्धि समस्या रहनेछ। मनमा चिन्ताको भावना रहनेछ। दुर्घटनाको योग रहेको छ, सजग रहनुहोला। कुटुम्ब तथा आफ़न्तसँग गलत धारणा वा अनबन हुनसक्छ। अदालत सम्बन्धि कार्यमा सावधान रहनुहोला।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

आर्थिक लाभ र सामाजिक प्रतिष्ठा मिल्नुका साथै पारिवारिक जीवनमा सुखसन्तोषको भावना अनुभव गर्नुहुनेछ। आयमा वृद्धि र व्यापारमा लाभ मिल्नेछ। मित्रसँग रमणीय स्थानमा पर्यटनको आयोजन हुनेछ। अविवाहितको लागि वैवाहिक योग बन्नेछ। पत्नी तथा पुत्रबाट लाभ प्राप्त हुने सम्भावना छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

व्यवसायको क्षेत्रमा धन, मान तथा प्रतिष्ठामा वृद्धि हुनेछ। व्यापारको हेतुले भागदौड ग्रनुपर्नेछ र उक्त प्रवासबाट लाभ हुनेछ। उच्च पदाधिकारी तपाईसँग प्रशन्न रहनेछन्। सरकार, मित्र तथा आफन्तबाट लाभ मिल्नसक्छ। गृहस्थजीवनमा आनन्दको अनुभव गर्नुहुनेछ। सन्तानको प्रगतिले मनमा सन्तोषको भावना रहनेछ ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

शारीरिक रुपले अस्वस्थ रहनुहुनेछ। मानसिक स्वस्थतामा पनि समस्या आउनसक्छ। कार्यक्षेत्रमा उच्च पदाधिकारीसँग मनमुटाव हुनसक्छ। अनावश्यक खर्च हुनेछ। सन्तान सम्बन्धि विषयमा चिन्ता रहनेछ। प्रतिस्पर्धीसँग वाद-विवादमा नपर्नुहोला। वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

आकस्मिक धनलाभको योग रहेको छ। मानसिक तथा शारीरिक श्रमको कारण स्वास्थ्य खराब हुन सक्छ। खर्चमा वृद्धि हुनेछ। यस दिन जलाशयबाट टाढा रहनुहोला। अनैतिक काम गर्नबाट बच्नुहोला। ईश्वरभक्ति र आध्यात्मिक विचारले कष्टलाई कम गर्नेछ ।

प्रकाशित : सोमबार, चैत २१, २०७८२०:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एक हप्तापछि यी ६ राशिको जीवनमा आउँदै छ ठूलो परिवर्तन, बृहस्पति देव चम्काउनेछन् भाग्य !