काठमाडौँ : अप्रिल महिना ग्रहहरुको राशि परिवर्तनको दृष्टिकोणले निकै महत्वपूर्ण रहनेछ। सन् २०२२ को अप्रिल महिनामा ९ ग्रहले आफ्नो राशि परिवर्तन गर्दैछन्। साढे दुई वर्षपछि शनिको राशि परिवर्तन पनि अप्रिलमै हुने भएको छ। ज्योतिष शास्त्रका अनुसार शनि ग्रहले आफ्नो राशि परिवर्तन गर्दा कुनै राशिमा साढेसाती सुरु हुन्छ भने कुनैमा शनि ढैय्या सुरुवात हुन्छ। जान्नुहोस् अप्रिलमा शनिले कहिले राशि परिवर्तन गर्दैछ र २२ वर्षपछि कुन राशिमा शनिको साढेसाती सुरु हुन्छ।
शनिको गोचर : –
शनि २९ अप्रिल(बैशाख १६)मा मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्नेछ। यो राशिमा शनिको गोचर ३० वर्षपछि हुन् लागेको हो। ज्योतिष अनुसार शनि एक राशि अढाई वर्षसम्म विराजमान रहन्छ। यसरी शनिलाई आफ्नो राशि चक्र पूरा गर्न करिब ३० वर्ष लाग्छ। सबै ग्रहहरुमध्ये शनिको चाल सबैभन्दा सुस्त मानिन्छ। जसकारण कुनै पनि राशिमा शनिको प्रभाव लामो समयसम्म रहन्छ।
यस राशिमा सुरु हुनेछ शनिको साढेसाती : –
शनिले मकर राशिलाई छोडेर कुम्भ राशि राशिमा प्रवेश गरेसँगै मीन राशिमा शनि साढे साती सुरु हुन्छ। ज्योतिषशास्त्रका अनुसार लामो समयपछि मीन राशिका मानिसहरु शनिको दशाको चपेटामा पर्नेछन्। मीन राशिका जातकमा शनिको साढेसातीको पहिलो चरण सुरु हुनेछ। शनि साढेसातीका तीन चरणहरु हुन्छन्। हरेक चरणको अवधि साढे दुई वर्षको हुन्छ। मीन राशिका लागि शनि साढेसाती अशुभ हो। मीन राशिका जुन जातकको जन्मकुण्डलीमा शनिको स्थिति मजबूत हुन्छ, तिनको लागि यो समयावधि कुनै वरदान भन्दा कम साबित हुनेछैन्।
शनि साढेसातीको अशुभ प्रभावबाट बच्ने उपाय : –
शनिको दशाको अशुभ प्रभावबाट बच्नको लागि हरेक शनिबार शनि देवको विधि विधान पूजा गर्नुहोस्। ईमानदारीपूर्वक शनि चालिसाको पाठ गर्नुहोस्। शनिबारको दिन हनुमान जीको पुजा गर्नुहोस्। हनुमानजीका भक्तहरूलाई शनिदेवले समस्यामा नपार्ने जनमान्यता रहेको छ। यसबाहेक भगवान शिवको महामृत्युञ्जय मन्त्रको जप गर्नुहोस्।
