३० वर्षपछि शनि र सूर्यको दूर्लभ संयोग बन्दै, यी राशिका खुल्नेछ भाग्यको द्वार

काठमाडौँ : वैदिक ज्योतिष शास्त्र अनुसार हरेक ग्रहले एक निश्चित अवधिमा राशि परिवर्तन गर्छ। ग्रहको राशि परिवर्तनले कुनै न कुनै योगको निर्माण हुन्छ। उक्त योग कतिपय राशिका लागि शुभ रहन्छ भने उक्त योगको कारण कतिपय राशिले कठिनाईको सामना गर्नुपर्नेछ।

हिन्दू नववर्ष वत्सर सुरु भईसकेको छ। यस नवसंवत्सरमा ३० वर्षपछि शनि र सूर्यको स्थितिका कारण दुर्लभ योग बनिरहेको छ। अहिले सूर्य शनिको राशि कुम्भमा विराजमान छ। जबकि शनिदेव आफ्नो स्वराशि मकरमा अवस्थित छ। जान्नुहोस् यी दुई ग्रहको योगको कारण कुन-कुन राशिलाई महालाभ हुनेछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

तपाईको लागि ग्रहको शुभ संयोग फलदायी साबित हुनेछ। यस अवधिमा तपाईले हरेक काममा सफलता हासिल गर्नुहुनेछ। व्यापार व्यावसायमा लाभको योग रहेको छ। नयाँ कामको प्रस्ताव आउनेछ। जागिर गर्ने जातकको बढुवा हुन् सक्छ। व्यापारमा नयाँ योजनाको थालनी हुन सक्छ। मान-सम्मानमा वृद्धि हुनेछ। हाकिमबाट प्रशंसा पाउनुहुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका जातकका लागि सूर्य र शनिको संयोग शुभ साबित हुनेछ। यस समयावधिमा तपाईलाई भाग्यले पूरा साथ दिनेछ। व्यापारमा लाभ हुने संकेत देखिन्छ। तलब वृद्धि र बढुवाको सम्भावना छ। व्यापार व्यवसायमा लगानीका लागि समय अनुकुल छ। तपाईले नयाँ कुरा सिक्ने मौका पाउनुहुनेछ।

प्रकाशित : सोमबार, चैत २१, २०७८१४:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अप्रिलदेखि यी राशिलाई आइपर्छ सङ्कटको घडी, २२ वर्षपछि सुरु हुँदैछ शनि साढेसातीको दशा