अहिलेको समयमा अभिनेत्री पूजाको चर्चा निकै बढेको छ । पछिल्लो समय नेपाली चलचित्रले हलमा दर्शक तान्न नसकेको अवस्थामा अभिनेत्री पूजा अभिनित चलचित्रले राम्रो व्यापार गर्न सफल भएको छ । चलचित्र ‘म यस्तो गीत गाउँछु २’ ले करिब ५ करोडको व्यापार गर्न सफल भएको छ ।

केही दिन पहिलेसम्म अभिनेत्री अभिनेता पल शाह प्रकरणमा दिएको बयानको कारण चर्चामा थिइन् । भने पछिल्लो समयमा अभिनेत्रीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरको कारण चर्चामा छिन् ।

केही समय पहिले अभिनेत्रीले उनको प्रेमीको साथमा केही तस्बिर सार्वजनिक गरेकी थिइन् । उक्त्त तस्बिर निकै भाइरल हुनुको साथै अभिनेत्रीका फ्यान सहित विभिन्न कलाकारले अभिनेत्रीलाई बधाई दिएका थिए ।

हालै अभिनेत्रीले इन्स्टा:ग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् जसमा अभिनेत्री उनको प्रेमीको साथमा रोमान्टिक मुडमा देखिएकी छिन् । अहिले अभिनेत्री आफ्नो प्रेममा खुलेर सार्वजनिक भएकी छिन् । अहिले अभिनेत्रीले पूजाले सार्वजनिक गरेको तस्बिर निकै भाइरल भएको छ ।


