नयाँ वर्ष २०७९ मा १५०० सय वर्षपछि बन्दै अत्यन्तै दुर्लभ योग, ४ राशिको जीवन कायापलट हुँदै !

हिन्दू नयाँ वर्ष चैत्र मासको शुक्ल पक्षको प्रतिपदाबाट सुरु हुनेछ । यस वर्ष यो मिति २ अप्रिल २०२२, शनिबार परेको छ । यसै दिनबाट पनि नवरात्र सुरु हुन्छ । यस पटक नयाँ वर्ष वि:स २०७९ मा डेढ हजार वर्षपछि एक दुर्लभ बनेको छ ।

नयाँ वर्षको राजा शनि देव हुनेछन्
हिन्दू क्यालेन्डर अनुसार यस नयाँ वर्षको राजा शनि र मन्त्री बृहस्पति हुनेछन् । शनि राजा र बृहस्पति मन्त्री हुँदा देशमा अशान्ति र अराजकता बढ्छ । यससँगै धार्मिक गतिविधि बढ्छ र शिक्षाको स्तर बढ्छ।

१५०० वर्ष पछि बनेको धेरै दुर्लभ संयोग
यस पटक हिन्दू नयाँ वर्षको सुरुवातको अवसरमा ग्रह र नक्षत्रको स्थिति रोचक मात्र नभई निकै दुर्लभ पनि हुनेछ । यस्तो अवस्था १५ सय वर्षपछि सृजना भइरहेको छ । नयाँ वर्षको प्रारम्भको अवसरमा रेवती नक्षत्र र ३ राजयोग बन्दै छ । यस बाहेक नयाँ वर्षको प्रारम्भमा मंगल ग्रह आफ्नो उच्च राशि अर्थात मकर राशिमा रहनेछ भने राहु-केतु पनि उच्च राशिमा (वृश्चिक र वृश्चिक) रहनेछन् ।

त्यस्तै शनि आफ्नो राशि मकर राशिमा रहनेछ। यस कारण हिन्दू नयाँ वर्षको कुण्डलीमा शनि-मंगलको शुभ संयोग बनिरहेको छ । हिन्दू नयाँ वर्षको अवसरमा १५०० वर्षपछि ग्रहहरूको यस्तो शुभ संयोग हुने ज्योतिषीहरूले बताएका छन् । यसअघि यो दुर्लभ योग २२ मार्च ४५९ मा बनेको थियो ।

यी राशिका व्यक्तिहरुलाई हुनेछ  फाइदा 
मिथुन, तुला र धनु राशिका व्यक्तिहरूले हिन्दू नयाँ वर्षमा बन्ने दुर्लभ योगको लाभ लिन सक्नेछन्। यो योगले यी व्यक्तिहरूलाई धन र उन्नति प्रदान गर्नेछ। यस समयमा यी राशिका मानिसले शुभ समाचार पनि पाउने छन् । लगानीले राम्रो प्रतिफल मिल्नेछ। त्यस्तै देशको कुरा गर्ने हो भने यो वर्ष जनताको हितका लागि योजना बन्नुको साथै काम हुनेछ । धेरै मानिसहरूको लागि, यो वर्ष जीवनमा ठूलो परिवर्तनको वर्ष साबित हुन सक्छ।

प्रकाशित : मङ्गलबार, चैत १५, २०७८१३:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

निकै शुभ मानिन्छन् चैत्र नवरात्रिको समयमा देखिएका यस्ता सपना, माता दुर्गाको कृपाले खुसीले भरिनेछ जिन्दगी !