काठमाडौँ : वैदिक ज्योतिष शास्त्र अनुसार ग्रहहरुको राशि परिवर्तनलाई अत्यन्तै महत्वपूर्ण मानिन्छ। किनकी यसको प्रभाव सबै राशिका जातकहरुमाथि पर्छ। सन् २०२२ ग्रहहरुको राशि परिवर्तनको वर्ष हो। अप्रिल महिना ग्रहहरुको राशि परिवर्तनको हिसाबले विशेष रहनेछ। अप्रिल महिनामा शनि, बृहस्पति र राहु-केतुले लामो अन्तरालपछि राशि परिवर्तन गर्दैछ।
राहु-केतुले करिब १८ महिनापछि राशि बदल्दैछ। राहु-केतुको राशि परिवर्तन चैत्र २९ गते(१२ अप्रिल) हुनेछ। राहु-केतु दुवैलाई छायाँ ग्रह मानिन्छ र सधैँ वक्री यानी उल्टो चाल चल्छ। चैत्र २९ गते राहु मेष राशिमा र केतु तुला राशिमा प्रवेश गर्नेछ। अहिले राहु वृष राशिमा र केतु वृश्चिक राशिमा विराजमान छ।
ज्योतिष गणना अनुसार शनिदेवपछि राहु-केतु सबैभन्दा बढी समयसम्म कुनै एक राशिमा विराजमान रहन्छ। शनिले साढे दुई वर्षपछि राशि परिवर्तन गर्छ भने राहु-केतुले १८ महिनापछि उल्टो चाल चल्दै राशि परिवर्तन गर्छ। १८ वर्षपछि फेरि पनि राहु-केतु मेष र तुला राशिमा प्रवेश गर्दैछ। वैदिक ज्योतिष शास्त्र अनुसार मेष राशिको स्वामी ग्रह मङ्गल हो र तुला राशिको स्वामी ग्रह शुक्र ग्रह हो।
मङ्गल र राहुमा एकअर्काप्रति शत्रुताको भावना हुन्छ। अर्कोतर्फ केतु र शुक्र ग्रह एक-अर्काप्रति समभाव राख्छ। राहु-केतु बारे प्रचलित किंवदन्ती अनुसार समुन्द्र मन्थन हुँदा राहु-केतुले लुकेर अमृतपान गरेका थिए। तब भगवान विष्णु मोहनीको रुप धारण गरी सबै देवतालाई अमृतपान गराईरहेका थिए। जब भगवान विष्णुलाई यो कुरा थाहा भयो उनले आफ्नो सुदर्शन चक्रले राहुको शीर शरीरबाट अलग गरिदिए। राहुले अमृतपान गरेको भएर राहुको मृत्यु भने भएन्।
ज्योतिष शास्त्र अनुसार राहु-केतुको राशि परिवर्तन हुँदा त्यसको प्रभाव मानव-जीवनमा मात्र नभई देश-दुनियाँमा पनि प्रभाव पर्छ। राहु-केतुको गोचरले अनेक खाले प्राकृतिक प्रकोप एवं प्राकृतिक उथल-पुथल हुने सम्भावना देखिन्छ। पृथ्वीमा गर्मीको प्रकोप बढ्छ र अल्पवृष्टि हुन्छ। देश र विश्व राजनीतिमा सत्ता परिवर्तनको प्रबल सम्भावना देखिन्छ। देशहरुबीच तनाव सिर्जना हुन्छ। संसारभर महामारीको प्रकोप बढ्छ।
राहु-केतुको गोचरका कारण सबै राशिका मानिसमा यसको विशेष प्रभाव पर्छ। ज्योतिष शास्त्रका अनुसार कुण्डलीमा रहेको राहु-केतुको स्थितिका आधारमा शुभ र अशुभ प्रभाव हुने गर्दछ। राहु-केतुले १८ महिनापछि राशि परिवर्तन गर्ने कारण मेष, वृष, कर्कट, कन्या र मकर राशिका जातकले सावधानी अपनाउनुपर्नेछ।
राहु-केतुको प्रभाव अधिकांसका लागि शुभ हुनेछैन्। सिंह, तुला, वृश्चिक, धनु र कुम्भ राशिका जातकका लागि यो गोचर शुभ र लाभदायी साबित हुनेछ। धन लाभ र मान-सम्मानमा वृद्धि हुनेछ। मिथुन राशि र मीन राशिका जातकहरुमा भने यो राशिको कुनै असर देखिनेछैन्।