यी ६ राशिलाई अत्यन्तै शुभ हुनेछ चैत्र नवरात्रि, माता दुर्गाले दिलाउने छिन् सफलता

काठमाडौँ : माता दुर्गाको कृपाले जीवन सुख-समृद्धिले भरिने जनविश्वास रहेको छ । सन् २०२२ अप्रिल २ तारिख शनिबारबाट सुरु हुने नवरात्री ६ राशिका मानिसका लागि धेरै शुभ हुने भएको छ ।

नवरात्रिमा माता दुर्गाको ९ रूपको पूजा गर्न प्रचलन रहेको छ । नवरात्रिको समयमा माता दुर्गा धर्तिमा आउने जनविश्वास छ । यस वर्ष चैत्र नवरात्रि २ अप्रिल २०२२ बाट सुरु हुँदै छ। यस सममा २ ग्रहहरूले राशि परिवर्तन गर्नेछन् र केही ग्रहहरू अन्य ग्रहहरूसँग मिलन हुनेछन्। समग्रमा हेर्ने हो भने ग्रहहरुको स्थिति धेरै विशेष रहने छ र ६ राशिका व्यक्तिहरुका लागि यो निकै शुभ साबित हुनेछ । जान्नुहोस् ती राशि कुन-कुन हुन् ?

मेष राशि

मेष राशिका लागि चैत्र नवरात्रि निकै शुभ हुने भएको छ। माता दुर्गा यस समयमा मेष राशि प्रति विशेष दयालु हुनु हुनेछ। यी राशिका मानिसलाई काममा सफलता मिल्नेछ। करियर उज्ज्वल हुनेछ । प्रशंसा, पदोन्नति-वृद्धि प्राप्त हुनेछ। यात्रा लाभदायी साबित हुनेछ।

वृष राशि 

वृष राशिका लागि यो समय सफलता मिल्नेछ। भाग्यले पूर्ण साथ दिनेछ । आकस्मिक धन लाभ हुनेछ जसले आर्थिक स्थिति बलियो बनाउँछ। उच्च अधिकारीबाट प्रशंसा प्राप्त हुनेछ। कार्य क्षेत्रमा ठूलो जिम्मेवारी पाउन सकिनेछ ।

कर्कट राशि

कर्कट राशिका लागि यो समय धनलाग्दो हुनेछ। विशेष गरी यस राशिका व्यापारीहरूले लाभ उठाउनेछन्। कार्य क्षेत्रमा प्रगति मिल्नेछ।

सिंह राशि

सिंह राशिका व्यक्तिहरूले यस समयमा केही शुभ समाचार पाउन सक्छन्। व्यवसायबाट सोचे भन्दा धरै धन कमाउने छन् । यात्रामा जान सकिनेछ, जसबाट लाभ मिल्नेछ। रोकिएका अधुरा काम पुरा हुनेछन् । स्वास्थ्यमा सुधार हुनेछ ।

कन्या राशि

यस चैत्र नवरात्रिमा कन्या राशिका व्यक्तिहरुको लागि आयस्रोत राम्रो रहनेछ । प्रेम सम्बन्धको मामिलामा यो समय कन्या राशिका लागि राम्रो रहनेछ। कन्या राशिका व्यक्तिहरुका लागि आर्थिक रुपमा पनि चैत्र नवरात्र शुभ फलदायी रहनेछ ।

तुला राशि

तुला राशिका लागि यो नवरात्रिले शुभ फल दिनेछ। धन लाभ हुनेछ । आम्दानीका नयाँ बाटो फेला पर्नेछन् । पुराना रोकिएका कामहरु सम्पन्न हुनेछन् । स्वास्थ्य राम्रो रहनेछ। समग्रमा यो समय तुला राशिको लागि निकै खुसीपूर्ण रहनेछ ।

प्रकाशित : सोमबार, चैत १४, २०७८१५:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अप्रिल महिनामा यी राशिले प्राप्त गर्नेछन् गुमेको खुसी, बन्नेछ हरेक काम हुनेछन् धनवान् !