काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं.२०७८ चैत्र १४ गते सोमबार हो। सोमबारको दिन भगवान शंकरलाई समर्पित हुन्छ। यस दिन विधि-विधानपूर्वक भगवान शंकरको पूजा-अर्चना गरिन्छ। सोमबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –
चैत्र १४ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन –सोमबार (Monday)।।। नक्षत्र – श्रवण , १२:४८ बजे उप्रान्त धनिष्ठा ।।। तिथि – एकादशी , १६:२९ बजे उप्रान्त द्वादशी ।।। करण – वालव १६:३० बजेदेखि कौलव , २७:३६ बजे उप्रान्त वणिज ।।। योग – सिद्ध , १८:०८ बजे उप्रान्त साध्य ।।। चैत १४, २०७८, सोमबार ।।। २८ मार्च, २०२२ ।।। एकादशी, चैत्र कृष्णपक्ष ।।। चिल्लागा, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६: ०१ ।।। सूर्यास्त(sunrise) – १८:१८ ।।। कार्यक्रमहरू : – पापमोचनी एकादशी ।।।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
तपाईले स्वभावमा उग्रता र जिद्दी व्यवहार नियन्त्रण गर्नुपर्ने हुन्छ। परिश्रम गरेअनुसार निर्धारित सफलता नमिल्नाले मनमा खिन्नता रहनेछ। शारीरिक स्वास्थ्य कमजोर रहनेछ। यात्राको लागि समय योग्य रहेको छैन। सन्तानको तर्फबाट चिन्ता उत्पन्न हुनेछ। कुनै पनि मामिलामा विचार नगरी कदम नलिनुहोला। सरकारी कार्यमा सफलता मिल्नेछ ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
तपाईको कार्यमा सफलतामा दृढ़ मनोबल र आत्मविश्वासको मुख्य रहनेछ। बुबाको पक्ष तर्फबाट लाभ मिल्नेछ। विद्यार्थीको पढ़ाईमा रुचि रहनेछ। सरकारी कार्यमा लाभ मिल्नेछ। सन्तानको तर्फबाट खर्च हुनेछ। कलाकार एवम् खेलाडीले आफ्नो प्रतिभा दर्शाउनको लागि उत्तम समय रहेको छ। सम्पत्ति सम्बन्धि कानूनी पत्रमा हस्ताक्षर नगर्नुहोला।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
तपाईको दिनको शुरुवात ताजगी र उर्जाको अनुभवमा हुनेछ। भाग्यवृद्धिको अवसर आउनेछ। अचानक बद्लिएको विचारले तपाईलाई उलझपूर्ण परिस्थितिमा खडा गर्नेछ। नयाँ कार्यको प्रारम्भ गर्न सक्नुहुनेछ। मित्र , आफन्त र छिमेकीसँग सम्बन्ध सौहार्दपूर्ण रहनेछ। आर्थिक दृष्टिले लाभ हुनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
मनमा निराशाको कारण खिन्न अनुभव गर्नुहुनेछ। पारिवारिक सदस्यसँग गलत धारणा वा मनमुटाव हुनेछ। अहंकारी भावनाले कसैको भावनामा चोट पर्नेछ। विधार्थीको पढाईमा मन एकाग्र रहनेछैन। पैसा खर्चमा वृद्धि हुनेछ। असन्तोषको भावनाले मन घेरिरहनेछ। अनैतिक प्रवृत्तिमा नपर्नुहोला।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
आत्मविश्वास तथादृढ निर्णय लिएर कार्यमा अगाडी बढ्न सक्नुहुनेछ। समाजमा मान- प्रतिष्ठामा वृद्दि हुनेछ। बोलि , व्यवहारमा उग्रता तथा कसैसँग झगडा हुन सक्नेछ । पिता वा वृद्दद्वारा लाभ प्राप्त हुनेछ। स्वास्थ्य सम्बन्धि टिप्पणी रहनेछ। वैवाहिक जीवनमा मधुरताको अनुभव गर्नुहुनेछ। सरकारी कामकाज शीध्रताले पूरा हुनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
शारीरिक र मानसिक चिन्ताले निराश रहनुहुनेछ। तपाईको कसैसँग झगडा हुन सक्नेछ। आकस्मिक धनखर्च हुनेछ। दाम्पत्यजीवनमा समस्या आउन सक्ला। मानसिक र शारीरिक स्वास्थ्य खराब हुनेछ। अधीनस्थ व्यक्ति तथा पेसावर्गबाट समस्यामा रहनुभएको अनुभव गर्नुहुनेछ। स्वास्थ्यको विशेष ध्यान राख्नुहोला।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
घरायसी जीवनमा सुख र आनन्दको प्राप्त हुनेछ। आय वृद्धि हुने योग रहेको छ। अफिस, व्यवसायको क्षेत्रमा अनुकूल वातावरण रहनेछ। पदोन्नति मिल्न सक्ने संकेत रहेको छ। पारिवारिक सदस्य तथा मित्रसँग खुशी रहनुहुनेछ। आनन्ददायक भ्रमण हुन् सक्ने सम्भावना रहेको छ। व्यापारीको व्यापारमा लाभ होला। उत्तम वैवाहिक सुख प्राप्त होला।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
भगवानको कृपाले सबै कार्य सफलतापूर्वक सम्पन्न भएको अनुभव गर्नुहुनेछ। घरायसी जीवनमा आनन्द र सन्तोष अनुभव गर्नुहुनेछ। स्वास्थ्य स्वस्थ रहला। समाजमा मान- सम्मान मिल्नेछ। उच्च पदाधिकारी र वृद्दको कृपा दृष्टि रहनेछ। सन्तानको सन्तोषजनक प्रगतिले आनन्द अनुभव गर्नुहुनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
कुनै पनि खतरनाक कदमले कठिनाई उत्पन्न गर्न सक्छ। कुनै पनि कार्य गर्न उमंग- उत्साहको अभाव रहनेछ। शारीरिक तथा मानसिक रूपले निराश र चिन्ताजनक समय बिताउनुहुनेछ। पेसा-धन्दामा समस्या र अवरोध निर्माण हुनेछ। अफिसमा उच्च पदाधिकारीसँग वाद-विवाद पर्नाले हानि हुन सक्छ। प्रतिस्पर्धिसँग सावधान रहनुहोला।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
नकारात्मक विचारबाट टाढा रहनुहोला। साथै खानपिनमा विशेष ध्यान दिनुहोला। अचानक पैसा खर्च हुनेछ। उपचारमा खर्च होला। व्यापारमा साथीसँग आन्तरिक मतभेद हुनेछ। रिसलाई नियन्त्रण गर्नु नै ठिक रहेको छ। सामाजिक कार्य़को अवसरमा यात्राको योग रहेको छ। अफिसमा प्रशासनिक बुद्धिमत्ता परिलक्षित हुनेछ ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
तपाईको दिन प्रेम, रोमान्स, भ्रमण र मनोरञ्जनमा बित्नेछ। कुटुम्ब र मित्रसँग भोजन गर्न जाने अवसर आउनेछ। उत्तम वस्त्राभूषण र वाहन प्राप्ति हुने योग रहेको छ। आफन्तसँग राम्रो सम्बन्ध रहनेछ। सार्वजनिक जीवनमा नाम र प्रतिष्ठा प्राप्त हुनेछ। दृढ आत्मविश्वासले कार्य सफलता प्राप्त हुनेछ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
दैनिक कार्य कुनै ढिलाई बिना नै पूरा हुनेछ। घरमा सुख-शान्तिको वातावरण रहनेछ। स्वभावमा उग्रता रहनेछ। जसकारण बोलि र व्यवहारमा विशेष ध्यान राख्नुहोला। प्रतिस्पर्धिलिई पराजित गर्न सक्नुहुनेछ। सहकर्मीको सहयोगले व्यावसायिक क्षेत्रको कार्य सरल रहनेछ। माईती पक्षबाट लाभ हुनेछ।