देवताहरूको सेनापति र शक्तिको कारक मंगलद्वारा गरिएको कुनै पनि परिवर्तनले प्रत्येक राशिमा विशेष प्रभाव पार्दछ । यसै बीच अहिले चलिरहेको हिन्दू वर्ष वि:स २०७८ का राजा तथा मन्त्री मङ्गलले केही दिनपछि राशि परिवर्तन गर्न लागेका छन् । व्यापारिक दृष्टिकोणबाट, मंगल ग्रहले घर जग्गा व्यवसाय, इन्जिनियर, निर्माणकर्ता, योद्धा, सैनिक र सेनाको प्रतिनिधित्व गर्दछ। कुम्भ राशिमा मंगलको पारगमनले प्रत्येक राशिमा फरक-फरक प्रभाव पर्दछ । २०२२ अप्रिलको पहिलो साता न्यायका देवता शनिको राशि कुम्भ राशिमा हुन लागेको छ । मंगल कुम्भ राशिमा प्रवेश गर्नाले कुन राशिलाई कस्तो प्रभाव पर्ला जान्नुहोस् ।
मेष राशि
मङ्गलको गोचरले मेष राशिका मानिसलाई लाभ मिल्नेछ। करियरमा प्रगति हुनेछ । तर, लगानीकर्ता तथा व्यवसायीले ठूला कारोबारमा सावधानी अपनाउनुपर्ने देखिन्छ ।
वृष राशि
मङ्गलको राशि परिवर्तनले वृष राशिका व्यावसायी हरुलाई ठूलो लाभ हुनेछ । साथै रोजगारीका लागि समय सामान्य रहनेछ। सम्बन्धहरूमा धैर्य राख्नुहोस्।
मिथुन राशि
मिथुन राशिका व्यक्तिहरूलाई यस राशि परिवर्तनको समयमा करियरमा समस्या आउन सक्छ। व्यापारीहरु पनि सचेत हुनुपर्छ । इमानदार र धैर्य वान हुनुहोस् जसको कारण तपाईले सफलता पाउनुहुनेछ।
कर्कट राशि
कर्कट राशिका व्यक्तिहरूले सफलताको लागि यस समयमा धेरै मेहनत गर्नुपर्नेछ र त्यसको तुलनामा कम फल प्राप्त हुनेछ। ७ अप्रिल २०२२ सम्म नयाँ काम सुरु नगर्नुहोस् वा कसैसँग विवादमा नपर्नुहोला ।
सिंह राशि
मंगलको राही परिवर्तन सिंह राशिका लागि यो समय राम्रो छ। करियरमा सफलता मिल्नेछ । धन लाभ हुनेछ । शत्रुहरु परास्त हुनेछन् । सबै ठाउँमा आफ्नो प्रभुत्व हुनेछ।
कन्या राशि
कन्या राशिका व्यक्तिहरूले धैर्यताका साथ काम गर्नुपर्छ। करियरमा सफलता पाउन केही समय लाग्नेछ । अन्य अवस्थामा समय औसत छ।
तुला राशि
तुला राशिका व्यक्तिहरूलाई मंगलको कृपाले नयाँ काम प्राप्त हुनुको साथै धन प्राप्त हुनेछ। तर समय, करियरको लागि होसियारीपूर्वक हिड्ने समय रहेको छ ।
वृश्चिक राशि
वृश्चिक राशि हुने हरुका लागि मंगल ग्रहको राशि परिवर्तनले कममा धेरै मिहिनेत गर्नु पर्ने हुन्छ तर सफलता अवश्य मिल्नेछ । समय समग्रमा राम्रो छ।
धनु राशि
धनु राशिका व्यक्तिहरूले अप्रिल ७ तारिकसम्म लगानी र बोलचालमा सावधानी अपनाउनुहोला अन्यथा समस्यामा पर्न सक्छ ।
मकर राशि
मकर राशिका व्यक्तिहरूले यस अवधिमा सोच विचार गरेर काम गर्नुपर्छ। क्रोध बढ्नेछ। यो समयमा अचल सम्पत्ति किन्नको लागि राम्रो समय हो।
कुम्भ राशि
कुम्भ राशिका लागि यो समय राशि परिवर्तनको कारण काममा बाधा आउनेछ । यसका कारण परिश्रम बढी र प्रतिफल कम हुनेछ । आफ्नो क्रोधलाई नियन्त्रण गर्नु राम्रो हुनेछ ।
मीन राशि
मङ्गलको राशि परिवर्तनले मीन राशिका व्यक्तिहरूलाई करियरमा सफलता र पदोन्नति दिनेछ। आम्दानी पनि बढ्नेछ । समय राम्रो रहनेछ।