शनिबार मुख्यतया शनिदेवलाई समर्पित छ। शनिबार शनिदेवको पूजा गर्ने नियम रहेको छ । यस दिनको प्रमुख देवता शनि हो। हिन्दु धर्ममा शनि देवलाई न्यायको देवता भनिएको छ, किनभने शनिदेवले व्यक्तिलाई उसको कर्म अनुसार कर्मको फल दिन्छन्। यस दिन भगवान शनिदेवको पूजा गरिन्छ र पीपलको रूखको पनि पूजा गरिन्छ।
शनिदेवको पूजा आराधना गर्नाले सबै मनोकामना पूरा हुन्छन्
९ ग्रहहरूको समूहमा मध्ये शनि देवलाई सबैभन्दा क्रूर मानिन्छ। तर त्यस्तो होइन, यदि भगवान सूर्यका पुत्र शनिदेव र उनकी पत्नी छायाले कसै प्रति हुन्छन् भने उसलाई धनले भरिदिन्छन् । त्यसै शनिबारको दिन साँचो भक्तिभावले शनिदेवको पूजा गर्नाले शनिदेवाले आफ्न भक्तजनको मनोकामना पूरा गरिदिनुहुने मान्यता रहेको छ ।
सूर्यास्त पछि हनुमानजीको पूजा गर्नुहोस्
शनिदेव भगवान् कृष्णका अनन्य भक्त हुन् भन्ने धार्मिक विश्वास छ । शनिबारको दिन पनि श्रीकृष्णको पूजा गर्नाले सबै बाधाहरू हट्ने जनविश्वास रहेको छ । शनिदेवलाई प्रसन्न पार्न चाहनुहुन्छ भने सूर्यास्तपछि हनुमानजीको पूजा गर्नुहोस् ।
यसरी गर्नुहोस् हनुमान जी को पूजा
भगवान राम भक्त हनुमानको पूजामा सिन्दुर राखेर कालो तिलको तेल प्रयोग गरी आरती दीप प्रज्वलन गर्ने भनिएको छ । यति मात्र होइन निलो फूल पनि चढाउनुपर्छ । यो धेरै उपाय लाभदायक साबित हुन्छ। हनुमानजीका भक्तहरूमा शनिदेवको कृपा सदैव रहिरहन्छ।
मनोकामना पुरा हुनेछ
माटोको भाँडोमा आधा पानी र आधा दूध राख्नुहोस्। त्यसमा १० ग्राम कालो र सेतो तिल हाल्नुहोस्। र यसलाई शनिबारको साँझ पछि यसलाई वट क्षको जराको नजिक राखी मनोकामना याद गर्नुहोस्। फर्किदा यसलाई फर्केर हेर्नु पर्दैन ।