३१ मर्चामा शुक्रको राशि परिवर्तनले कस्तो प्रभाव पर्ला? जान्नुहोस् १२ राशिको अवस्था !

प्रेम, सौन्दर्य, रोमान्स, भौतिक सुखका ग्रह ३१ मार्च २०२२ मा राशि परिवर्तन गर्दै छन्। मकर राशि छोडेर कुम्भ राशिमा प्रवेश गर्नेछन् र अप्रिल २७ सम्म यस राशिमा रहनेछन्। यो समय कतिपय राशिका व्यक्तिहरुको जीवनमा उतारचढाव ल्याउने छ भने कतिपयलाई प्रेम जीवन र सुखमा समस्याको सामना गर्नु पर्नेछ । जान्नुहोस् शुक्र ग्रहको गोचरले सबै १२ राशिमा कस्तो प्रभाव पार्छ ।

मेष राशि

शुक्रको गोचरले आम्दानी बढ्नेछ। करियरमा सफलता मिल्नेछ । अचल सम्पत्ति किन्न सकिनेछ । कसैको भेटले जीवनमा रंग भर्न सक्छ।

वृष राशि 

शुक्रको राशि परिवर्तनले वृष राशिका लागि शुभ फल दिनेछ। वैदेशिक रोजगारी वा विदेश जाने सपना पूरा हुन सक्छ । कार्यस्थलमा मान सम्मान बढ्नेछ । करियरमा प्रगति हुनेछ ।

मिथुन राशि 

मार्च ३१ पछिको समय मिथुन राशिका व्यक्तिहरूले अलिकति सावधानी अपनाउन पर्ने छ । हेरेर कुनै निर्णय वा लेनदेन गर्नु राम्रो हुनेछ। स्वास्थ्यको ख्याल गर्नु होला।

कर्कट राशि 

कर्कट राशिका लागि यो समय राम्रो छ । प्रेम जीवन – दाम्पत्य जीवन राम्रो रहनेछ। सम्पत्ति किन्न सकिनेछ । काममा सफलता मिल्नेछ ।

सिंह राशि 

सिंह राशिका लागि यो समय उतारचढावपूर्ण रहनेछ। वैदेशिक यात्रा हुन सक्छ । यदि तपाई यो समयमा अरूको कुरामा आउनुभयो भने, तपाईंले आफ्नो जीवन साथीसँग रोमान्टिक पलहरू बिताउने मौका गुमाउन सक्नुहुन्छ।

कन्या राशि

कन्या राशिका लागि यो समय सुखमय रहनेछ । सन्तान हुने आशामा रहेका दम्पतीले शुभ समाचार पाउन सक्नेछन् । प्रेम विवाह गर्न चाहनेहरूलाई यो समय सफलता दिलाउन सक्छ।

तुला राशि 

शुक्रको गोचरले तुला राशिका व्यक्तिहरूलाई विलासीका साधन – अचल सम्पत्ति खरिद गर्न सक्छ। केही शुभ समाचार प्राप्त हुनेछ। व्यवसायीले ठूला अर्डर पाउन सक्छन् ।

वृश्चिक राशि 

वृश्चिक राशिका व्यक्तिहरू लामो यात्रामा जान सक्नेछन्,यात्रा गर्दा राम्रो लाभ पनि मिल्ने सम्भावना रहेको छ । यदि तपाइँ कुनै नयाँ काम गर्ने योजनामा ​​हुनुहुन्छ भने, त्यस समय कसैसँग साझेदारी नगर्नुहोस्।

धनु राशि

शुक्रको गोचरले यस समयमा धनु राशि हुनेहरूलाई फाइदा हुनेछ। आकस्मिक धन प्राप्तिको सम्भावना पनि छ । करियरमा प्रगति हुनेछ ।

मकर राशि

शुक्र ग्रहको राशि परिवर्तनले मकर राशिका मानिसहरूलाई लाभ मिल्नेछ। ठूला योजना बनाउन सकिनेछ । काममा सफलता मिल्ने समय छ । जीवनमा रोमान्स बढ्नेछ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ।

कुम्भ राशि

शुक्रको राशि परिवर्तनले कुम्भ राशिका मानिसहरूलाई समस्या सिर्जना हुन् सक्छ । यस राशि परिवर्तनको अवधिमा आफ्नो योजना कसैसँग साझा नगर्नुहोस्।

मीन राशि 

मीन राशिका लागि शुक्रको गोचर शुभ रहेको छ। पैसा मिल्नेछ, काममा सफलता मिल्नेछ साथै सामाजिक मान सम्मान मिल्नेछ । प्रेम जोडी विवाह बन्धनमा बाँधिन सक्छन्।

प्रकाशित : आइतबार, चैत १३, २०७८१३:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस तरिकाबाट गर्नुहोस् हनुमानको पूजा, प्रसन्न हुनुहुनेछ शनिदेव: हट्नेछन् जीवनका सबै बाधाहरु !