धनको मामिलामा यी ३ राशिका युवतीहरु हुन्छन् निकै भाग्यमानी, रहन्छ शनि र शुक्रदेवको विशेष कृपा !

ज्योतिष शास्त्रका अनुसार राशिहरुमा ग्रहहरूको विशेष प्रभाव हुन्छ । हरेक मानिसको व्यक्तित्व र स्वभाव फरक-फरक हुन्छ । सबै १२ राशि चिन्हहरू विभिन्न ग्रह र नक्षत्रहरूको स्वामित्वमा छन्। ज्योतिष शास्त्रमा यस्ता ३ राशिको उल्लेख गरिएको छ, जससँग सम्बन्धित युवतीहरु धन कमाउने मामिलामा अरुलाई धेरै पछाडि छोडेर अगाडी बढ्छन् । जान्नुहोस् ती राशिका बारेमा।

वृष राशि 

वृष राशिका युवतीले धेरै सोचेर पैसा खर्च गर्ने ज्योतिषीहरुको विश्वास छ । यस राशिका युवतीहरु धनको विषयमा धेरै सचेत हुन्छन् । यही कारणले उनीहरुलाई मनी माइ-न्डेड पनि भनिन्छ । यस बाहेक पैसा कमाउने मामिलामा पनि यस राशिका युवती सबैलाई पछाडि पर्छन् ।    यस राशिका युवतीहरु व्यापार क्षेत्रमा पनि भाग्यशाली साबित हुन्छन् । वास्तवमा यस राशिको स्वामी ग्रह शुक्र हो। शुक्रलाई व्यापारको कारक ग्रह मानिन्छ। कुबेरको विशेष कृपा यस राशिका युवतीमाथि पनि मानिन्छ ।

तुला राशि


यो राशिका युवतीहरूले व्यापारिक धेरै ध्यान दिन्छन्। साथै यस राशिका युवतीहरुमा धन कमाउने तीव्र इच्छा हुन्छ । यही कारणले उनीहरुले आफ्नो मिहिनेतले पैसा कमाउँछन् । शुक्रलाई तुला राशिको स्वामी मानिन्छ। शुक्रको कृपाले तुला राशिका युवतीहरु धनको मामिलामा सधैँ अगाडि रहन्छन् ।

मकर राशि

ज्योतिष शास्त्र अनुसार मकर राशिका स्वामी शनिदेव हुन् । यस राशि माथि शनिदेवको विशेष कृपा हुने विश्वास गरिन्छ । यस्तो अवस्थामा यो राशिका युवतीहरु निकै मेहनती हुन्छन् । जसका कारण उनीहरु आफ्नो करियरमा उच्च स्थान हासिल गर्छन् । पैसा जम्मा गर्ने मामिलामा पनि यो राशिका युवतीहरू अरूभन्दा अगाडि हुन्छन् ।

 

प्रकाशित : आइतबार, चैत १३, २०७८१२:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ५ राशिका मानिसहरू मित्रता मात्र होइन, दुस्मनी पनि मन खोलेर निभाउँछन्