काठमाडौँ : ज्योतिष शास्त्रमा मानव जीवनमा बृहस्पति ग्रहको विशेष महत्व रहने उल्लेख गरिएको छ। देवगुरु बृहस्पति ज्ञान, शिक्षा, धर्म, सन्तान, दाजुभाई आदिका कारक ग्रह हो। यसबाहेक बृहस्पति देवलाई वैवाहिक जीवनको कारक पनि मानिन्छ।
साथै बृहस्पति २७ नक्षत्रहरुमध्ये विशाखा, पुनर्वसु र पूर्वभाद्र्पदको स्वामी हो। गुरु फागुन १२ गते(२४ फेब्रुअरी) बिहिबार अस्ताएको थियो र अब शनिबार चैत्र १२ गते उदय हुनेछ। गुरुको उदय साँझ ६ बजेर २३ मिनेटमा हुनेछ। ज्योतिषीहरुका अनुसार बृहस्पति ग्रह उदय हुँदा केही राशिहरुको भाग्य बदलिनेछ। आउनुहोस्, ती राशिहरुका बारेमा जान्नुहोस्।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
गुरुको उदयले लाभको योग बन्नेछ। यसका साथै आर्थिक पक्षा पनि बलियो हुनेछ। व्यापार-व्यवसायमा मनग्य धनलाभ हुनेछ। परिवारमा दाजुभाई तथा दिदीबहिनीबाट आर्थिक लाभ होला। साहस बढ्नेछ। यसबाहेक जीवनसाथीसँग रमाइलो एवं अविस्मरणीय पल बिताउने अवसर पाउनुहुनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
बृहस्पतिको उदय नोकरी र व्यापारको लागि धेरै शुभ रहनेछ। कार्यस्थलमा मान सम्मान मिल्नेछ। दाम्पत्य जीवनमा जीवनसाथीसँगको सम्बन्ध मधुर बन्नेछ। परिवारका सदस्यहरुसँग राम्रो समय बित्नेछ। मानसिक समस्याबाट मुक्ति पाउनुहुनेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
गुरुको उदयले हात हालेका हरेक काममा सफलता मिल्नेछ। किस्मतले पूरा साथ दिनेछ। वैवाहिक जीवनमा जीवनसाथीको भरपूर साथ एवं सहयोग प्राप्त गर्नुहुनेछ। दैनिक आयमा वृद्धि हुने प्रबल सम्भावना छ। कार्यस्थलमा तपाईले गर्नुभएको कामको प्रशंसा हुनेछ। परिवारका सदस्यहरुसँग रमाइलो पल व्यतीत गर्नुहुनेछ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
काममा बढुवाको प्रबल योग रहेको छ। बृहस्पतिको उदयले प्रचुर धन लाभ हुनेछ। साथै, यस अवधिमा गर्नुभएको लगानीबाट फाइदा हुनेछ। व्यापार-व्यवसायमा आर्थिक उन्नतिको गतिलो सम्भावना देखिन्छ। स्वास्थ्यसम्बन्धी समस्याबाट पीडित जातकले समस्याबाट छुटकारा पाउनेछन्। दाम्पत्य जीवनमा खुशीयाली आउनेछ।