चैत्र १२ गतेको राशिफल : शनिबार यी ५ राशिमाथि रहनेछ विशेष कृपा, बन्नेछन् मालामाल

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं.२०७८ चैत्र १२ गते शनिबार हो। शनिबारको दिन हनुमान जी र शनिदेवलाई समर्पित हुन्छ। यस दिन विधि-विधानपूर्वक हनुमानजी र शनिदेवको पूजा-अर्चना गरिन्छ। शनिबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –

चैत्र १२ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन –शनिबार(Saturday)।।। नक्षत्र – पूर्वाषाढा , १५:३९ बजे उप्रान्त उत्तराषाढा ।।। तिथि – नवमी , २०:४३ बजे उप्रान्त दशमी ।।। करण – तैतिल ९:५२ बजेदेखि गर , २०:४३ बजे उप्रान्त वालव ।।। योग – परिघ , २३:४९ बजे उप्रान्त शिव ।।। चैत १२, २०७८, शनिबार ।।। २६ मार्च, २०२२ ।।। नवमी, चैत्र कृष्णपक्ष ।।। चिल्लागा, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६: ०४ ।।। सूर्यास्त(sunrise) – १८:१७ ।।। 

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मन वैचारिक धरातलमा  मानसिक व्यग्रताको अनुभव गर्नुहुनेछ। अपेक्षाकृत अधिक संवेदशीलता र भावनाबाट मन आर्द्रताको अनुभव गर्नुहुनेछ। कसैसँग वाद-विवादमा नउत्रिनुहोला। आफन्त र मित्रसँग मन दुःख हुनेछ। तपाईको मानभंग हुने प्रसंग बन्नेछैन। नयाँ कार्यको प्रारम्भ नगर्नुहोला । जीवनसाथीको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

आर्थिक आयोजन प्रारम्भमा केही  अड्चनको साथ पूर्ण हुनेछ। मित्र-शुभेच्छकसँग भेट हुनेछ। व्यवसायिक क्षेत्रमा प्रतिस्पर्धी वातावरण रहनेछ । शारीरिक र मानसिक स्वास्थ्य शुभ रहनेछ। लगानी गर्नको लागी सावधानीपूर्वक गर्नुहोला । नयाँ कार्यको प्रारम्भ गर्नुहुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

दिनको प्रारम्भ शारीरिक र मानसिक स्वस्थताको साथ हुनेछ । परिवार र मित्रासँग आनन्दपुर्वक समय बिताउनुहुनेछ। खर्च अधिक नहोस् यस कुराको ध्यान राख्नुहोला। आर्थिक लाभ हुनेछ। मध्यान्नपछि पैसाको आयोजन प्रारम्भ गर्नुहुनेछ। लगानी गर्ने कार्य सम्हालेर गर्नुहोला।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

पैसाको खर्च हुनेछ। आँखामा पीडा हुनेछ। मानसिक चिन्ता रहनेछ। बोली र व्यवहारमा ध्यान राख्नुहोला। मध्यान्नपछि तपाईको समस्यामा परिवर्तन आउनेछ। आर्थिक दृष्टिले लाभ हुनेछ।  शारीरिक र मानसिक परिस्थितिमा सुधार हुनेछ। पारिवारिक वातावरण आनन्ददायक रहनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

मनमा क्रोध र आवेशको भावना रहनाले  तपाईले व्यवहारमा केहि परिवर्तन आउनेछ। स्वास्थ्यको  दृष्टिकोणले दिन शुभ रहेको छ। मनमा व्यग्रता रहनेछ। परिवारसँग तथा उग्रतापूर्ण व्यवहार हुनक सक्छ। मध्यान्नपछि तपाईको मनले स्वस्थता प्राप्त गर्नेछ। परिवारसँग  खान-पानको प्रसंग हुनेछ। शारीरिक स्वास्थ्य पनि शुभ रहनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

दिन आनन्ददायक र लाभदायक रहेको छ। व्यवसाय र व्यापारको क्षेत्रमा लाभ हुनेछ। सामाजिक क्षेत्रमा तपाईको प्रशंसा हुनेछ। परिवारमा आनन्दको वातावरण रहनेछ। मध्यान्नपछि परिस्थितिमा प्रतिकूलता रहनेछ। प्रफुल्लित मन अस्वस्थ रहनेछ। स्वास्थ्य पनि स्वस्थ रहनेछ। ईश्वरको ध्यान र आध्यात्मिक विचारले मनलाई शान्ति दिनेछ ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

शारीरिक र मानसिक सुख शुभ रहनेछ। व्यवसाय वा व्यापार उत्साहपूर्वक कार्य गर्नुहुनेछ। पदोन्नति हुनेछ। सरकारी कार्य सरलतापूर्वक सम्पन्न हुनेछ। सामाजिक दृष्टिकोणले तपाईको मान-सम्मान बढ्नेछ। धनको लागानीको लागि समय अनुकूल रहेको छैन । परिवारमा सन्तान र श्रीमतीको तर्फबाट लाभ मिल्नेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

विरोधी र प्रतिस्पर्धिसँग वाद-विवादमा नपर्नुहोला। व्यवसाय वा व्यापारको परिस्थिति अनुकूल रहनेछैन। सन्तानसँग मतभेद होला। मध्यान्नपछि घर, कार्यालय वा व्यावसायिकमा स्थलमा उच्च कर्मचारीको व्यवहार नकारात्मक हुनेछ। सन्तानको लागी चिन्ता उत्पन्न हुनेछ। गृहस्थजीवनमा आनन्द बनिरहनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

क्रोध गर्नाले हानि होला। शारीरिक र मानसिक अस्वस्थले निराश रहनुहुनेछ। व्यावसायिक क्षेत्रमा उच अधिकारीको व्यवहार नकारात्मक रहनेछ। सन्तानको प्रश्नको विषयमा चिन्ताले सताउनेछ। प्रतिस्पर्धि र विरोधीसँग दूरी बनाईराख्नुहोला। महत्वपूर्ण कार्यमा निर्णय नलिनुहोला।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मन पर्ने आफन्तसँग घुमफिर गर्नुहुनेछ। मान-सम्मान मिल्नेछ। मध्यान्नपछि शारीरिक र मानसिक स्वास्थ्य बिग्रिनेछ। अधिक खर्च हुनेछ। स्वभावमा क्रोधको मात्रा अधिक रहनेछ। परिवार र सहकर्मचारीसँग मन दुख्ने प्रसङ्ग सिर्जना हुन् सक्छ। नकारात्मक विचारबाट टाढा रहनुहोला।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

कार्य-सफलता र यश-कीर्ति मिल्नेछ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। सामाजिक रुपले मान-प्रतिष्ठा वृद्धि हुनेछ। मध्यान्नपछि मनोरञ्जनको कार्यक्रम हुनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

दिन राम्रो तरिकाले बित्नेछ। कलाको क्षेत्रमा तपाईको अभिरुचि बढ्नेछ। मित्रसँग भएको भेटले आनन्द मिल्नेछ। विद्यार्थीको लागि शुभ दिन रहेको छ। प्रियपात्रसँग भएको भेट आनन्ददायी हुनेछ। घरमा सुख-शान्तिको वातावरण रहनेछ। मध्यान्नपछि आर्थिक लाभ होला। स्वभावमा क्रोधको मात्रा अधिक रहनेछ।

प्रकाशित : शुक्रबार, चैत ११, २०७८२०:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चैत्र १२ गतेदेखि १८ गतेसम्मको राशिफल : ४ राशिलाई भरपूर लाभको योग, खुल्ला हुनेछ प्रगतिको ढोका