चलचित्रले राम्रो व्यापार गर्न सफल भएपछि सामाजिक सञ्जालमा खुल्दै अभिनेत्री पूजा !

अहिले अभिनेत्री पूजा शर्मा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अभिनेत्रीले उनको हरेक क्रियाकलापको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेकी छिन् । केही समय पहिलेसम्म अभिनेत्री सामाजिक सञ्जालमा खासै सक्रिय थिइनन् तर पछिल्लो समयमा उनलाई निकै सक्रिय पाउन सकिन्छ , कारण हो उनको पछिल्लो समयमा प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हो ।

केही समय पहिले अभिनेत्री अभिनेता पल प्रकरणको कारण निकै चर्चामा आएकी थिइन् । त्यस समयमा अभिनेत्रीले दिएको अभिव्यक्ति साथै उनको क्रियाकलापको कारण अभिनेत्रीको केही समूहबाट चर्चा भएको थियो भने केही समूहले अभिनेत्रीको अभिव्यक्ति र क्रियाकलाप प्रति आलोचना गरेका थिए ।

त्यस्तै केही दिन पहिले अभिनेत्रीले एक युवकको साथमा तस्बिर सार्वजनिक गरेको तस्बिर निकै भाइरल भएको थियो । भने केही कलाकारले अभिनेत्रीलाई बधाई दिएका थिए ।

अहिले अभिनेत्रीले कुर्था सुरुवालमा केही तस्बिर सार्वजनिक गरेकी छिन् जुन अहिले निकै भाइरल भएको छ । साथै अभिनेत्रीका फ्यान उनको तस्बिरमा अहिले लगातार लाइक कमेन्ट गरिरहेका छन् ।

प्रकाशित : शुक्रबार, चैत ११, २०७८११:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड अभिनेत्री श्रद्धा र नेपाली युवक रोहन श्रेष्ठको ब्रेक-अप ?