अभिनेता अनमोल केसी र अभिनेत्री सुहान थापा अभिनीत चलचित्र ‘ए मेरो हजुर ४’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर बिहीबार राजधानीको बिग मुभि-जमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको थियो । सार्वजनिक ट्रेलरमा अभिनेता अनमोल र सुहानाको प्रेम, रोमान्स र बिछोड मिश्रित रहेको देख्न सकिन्छ ।
चलचित्र ‘ए मेरो हजुर ३’ मा पनि अभिनेता अनमोल र सुहानाको मुख्य भूमिका रहेको थियो । यस चलचित्रले अघिल्लो सिरिजमा राम्रै व्यापार गर्न सफल भएको थियो । सार्वजनिक ट्रेलरमा अनमोल र सुहानाको प्रेममा उनीहरुको परिवार बाधक बनेको देख्न सकिन्छ । रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम, रेअर राई र सलोन बस्नेत लगायतका कलाकारको अभिन रहेको छ ।
सार्वजनिक ट्रेलर हेर्दा सलोनलाई एक कमेडी पात्रको भूमिकामा देखिएको छ । ट्रेलरको सुरुवातमा रोमान्स र कमेडी भए पनि अन्त्यमा बिछोडका साथै अनमोल र सुहानाको प्रेम सम्बन्धमा आएका विभिन्न समस्यालाई देखाउन खोजिएको छ । चलचित्र ‘ए मेरो हजुर ४’ आगामी बैशाख १ गते नयाँ वर्षको अवसरमा प्रदर्शनमा आउने भएको छ । साथै यस मितिमा दक्षिण भारतीय चलचित्र ‘के.जी. एफ च्याप्टर २’ पनि प्रदर्शनमा आउने भएको छ