नाबालिग बला-त्कार गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाह बिहीबार पुर्पक्षका लागि कारागार चलान भएका छन् । अभिनेता पल शाहको विरुद्धमा मंगलबार सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको थियो । त्यस्तै अभिनेताका म्यानेजर भनिने कृष्ण जोशीलाई यस घटनामा मतियारको कम गरेको आरोपमा उजुरी परेको थियो ।
कृष्ण भने १ लाख रुपैयाँ धरौटीमा तारिखमा छुटेका छन् । पीडितले दिएको उजुरी अनुसार शारीरिक जाँच रिपोर्ट, राति १२ बजेतिर पीडितको कोठामा प्रवेश गर्नु, पीडितको घटना विवरण कागज साथै प्रतिवादीको बयानको आधारमा जबरजस्ती करणी देखिन अदालतको आदेशमा उल्लेख गरिएको छ ।
फागुन ११ गते अभिनेता विरुद्धमा उजुरी परे पनि अभिनेताले फागुन १५ गते मात्र आत्म सम्पूर्ण गरेका थिए । अभिनेतालाई अनुसन्धानको क्रममा फागुन १५ गते सुरुमा सात दिन त्यसतै २२ गते १२ दिन र चैत ४ गते ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरेको थियो । अभिनेताले यस घटनालाई अस्वीकार गरे पनि बयानमा १२ बजेतिर म्यासेज गरी बियर लिएर किशोरीको कोठामा प्रवेश गरेको तथ्यलाई स्विकारेको अदालती बयानमा उल्लेख छ ।