भुलेर पनि घरको दक्षिण दिशामा नराख्नुहोस् यस्ता चिज, जीवनमा हुनेछ हरेक चिजको अभाव !

वास्तु शास्त्रका अनुसार घरलाई सही दिशामा बनाउने मात्र नभई घरमा राखिने गरेका समानलाई पनि उचित दिशामा राख्नु पर्दछ । वस्तु शास्त्रको अनुसार घरमा राखिने समान, वस्तुहरू सही तरिकाले छनोट गर्नु पनि अति आवश्यक हुन्छ। यदि गलत चीजलाई गलत दिशामा राखियो भने जीवनमा धेरै समस्याहरू आउँछन्। धन हानि सुरु हुन्छ। साथै जीवनमा गरिब निम्त्याउन सक्छ । त्यसैले चाहे तपाईं घर समान सजाउनुहुन्छ वा घर किन्नु तथा बनाउनु हुन्छ सधैँ सही चीज सही ठाउँमा राख्नुहोस्।

वास्तु शास्त्र अनुसार घरको दक्षिण दिशालाई पितृको स्थान मानिन्छ। यदि यो स्थानमा गलत वस्तु राखियो भने पितृदोष लाग्ने गर्दछ । पितृको अप्रसन्नताले सुख, समृद्धि, आर्थिक हैसियत, इज्जत, घरको उन्नति रोकिन्छ र जीवन दुःखले भरिन्छ । पितृको असन्तुष्टिले पनि सन्तानको वृद्धिमा नराम्रो असर गर्छ । यसबाहेक दक्षिण दिशालाई यमको दिशा पनि मानिन्छ। त्यसैले यस दिशामा सामान राख्दा धेरै सावधानीपूर्वक राख्नुहोस्।

दक्षिण दिशामा भान्सा कहिल्यै नबनाउनुहोस्। यस दिशामा स्टोर कोठा पनि नबनाउने प्रयास गर्नुहोस्। साथै दक्षिण दिशामा मन्दिर बनाउने गल्ती कहिल्यै नगर्नुहोस्। यसो गर्नाले देवताहरू क्रोधित हुन सक्छन् र जीवनमा धेरै समस्या आउन सक्छ। यस बाहेक घरको दक्षिण दिशामा बनेको मन्दिरमा पूजा गर्दा न त फल मिल्छ न मनोकामना पूरा हुन्छ ।

जुत्ता र चप्पल दक्षिण दिशामा नराख्नुहोस्। यसो गर्दा पितृ क्रोधित हुन्छन् । साथै दक्षिण दिशामा मेसिनरी सामानहरू राख्नबाट बच्नुहोस्। यसो गर्दा घरको सकारात्मक ऊर्जा समाप्त हुन्छ र नकारात्मक ऊर्जा बढ्छ।

प्रकाशित : बिहिबार, चैत १०, २०७८१२:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ३ राशिका मानिसमा हुन्छ गजबको क्षमता, सजिलै जित्छन् कसैको पनि मन !