बलिउड आभिनेत्री मल्लिका शेरावत बलिउड क्षेत्रको परिवासँग सम्बन्ध नभए पनि छोटो समयमा बलिउडमा एक फरक पहिचान बनाउन सफल भएकी छिन् । अहिले अभिनेत्री फिल्म पर्दाबाट टाढा रहे पनि सामाजिक सञ्जाल मार्फत आफ्ना फ्यानसँग जोडिने गर्दछिन् । पछिल्लो समयमा अभिनेत्रीको व्यक्तिगत जीवनको कारण चर्चामा आउने गरेकी छिन् ।
फेरी पनि एक पटक अभिनेत्री सामाजिक सञ्जालमा चर्चाको विषय बनेकी छिन् । हालै अभिनेत्रीले उनको नयाँ फोटो शुटको केही तस्बिर सार्वजनिक गरेकी छिन् । जुन सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।
यी पछिल्लो तस्बिरहरूमा, मल्लिका शेरावत बिकिनी लगाएर पूलमा बिहानको चियाको मजा लिइरहेको देखिन्छ। सार्वजनिक भएको तस्बिरमा मल्लिकाको हातमा चियाको कप छ र उनको शरीर भिजेको देख्न सकिन्छ ।
मल्लिका शेरावत ४५ वर्षकी भइसकेकी छिन् र उनी एक्लो जीवनमा रमाइरहेकी छिन् । मल्लिका सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनसँग सम्बन्धित अपडेटहरू फ्यानसँग सेयर गरिरहन्छिन् । मल्लिकाको इन्स्टाग्राम हेर्नुभयो भने उनको सुन्दर तथा बो-ल्ड तस्बिर र भिडियोले भरिएको छ ।
रिपोर्टका अनुसार मल्लिका छिट्टै साउथ फिल्म इन्ड-स्ट्रीमा डेब्यु गर्दै छिन् । उनी पिरियड ड्रामा फिल्म ‘नाग्मती’ मा देखिदै छिन् । यो फिल्म हिन्दी बाहेक तेलुगु र तमिल भाषामा पनि रिलिज हुनेछ ।