बला-त्कारको आरोप लागेका अभिनेता पल शाहको अनुसन्धान प्रक्रिया सकिएको छ । अहिले प्रहरीले अनुसन्धान फाइल सरकारी वकिल कार्यालयलाई बुझाएको छ। अभिनेता पल शाह विगत २१ दिन देखि प्रहरी हिरासतमा छन् । अभिनेता विरुद्धमा तनहुँ र नवलपुर गरी दुई स्थानबाट बालिकाले उजुरी दिएकी थिइन् ।
अहिलेसम्म अभिनेतालाई सुरुमा ७ दिन र १२ दिन र गत शुक्रबार ५ दिनको म्याद थप गरिएको थियो । अहिले अभिनेता विरुद्धमा परेको उजुरीमा २१ दिनको अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा पेस गरेको जनाइएको छ।
पीडित भनिएकी बालिकाले फागुन ११ गते तनहुँमा उजुरी दिएकी थिइन् । बालिकाले दिएको उजुरीमा अभिनेता शाहले आफूलाई पटक-पटक बला-त्कार गरेको आरोपमा उजुरी दिएकी थिइन् ।