काठमाडौँ : शनिले यो वर्ष आफ्नो राशि परिवर्तन गर्दैछ। गत वर्ष शनिले आफ्नो राशि परिवर्तन गरेन्। यो वर्ष पनि शनिले राशि परिवर्तन गर्नेछैन्। तर नववर्ष वि.सं. २०७९ को बैशाख १६ गते शुक्रबार शनिले आफ्नो राशि बदल्दैछ। शनि मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्नेछ। शनि यी दुवै राशिको स्वामी ग्रह हो। शनि कुम्भ राशिमा प्रवेश गरेसँगै केही राशिको सुखद् दिन सुरु हुनेछ भने कतिपयको लागि समस्या बढ्ने देखिन्छ। मुख्यतया: शनिको गोचरले धनु राशिको जीवनमा खुशीयाली ल्याउनेछ।
शनि ग्रहले २०७६ साल माघ १० गते शुक्रबार मकर राशिमा गोचर गरेको थियो। अब अर्को वर्षदेखि यो ग्रहको गोचर कुम्भ राशिमा सुरु हुँदैछ। शनिले आफ्नो राशि परिवर्तन गर्न करिब साढे दुई वर्ष लगाउँछ। शनि कुम्भ राशिमा २०८१ साल चैत १६ गते शनिबारसम्म विराजमान रहनेछ। त्यसपछि मीन राशिमा गोचर गर्नेछ।
आउँदो बैशाख १६ गतेबाट धनु राशिका जातकले शनिको साढेसातीबाट मुक्ति पाउनेछन्। शनिको दशाबाट छुटकारा पाएसँगै धनु राशिका जातकको सुखद् दिनहरु सुरु हुनेछन्। आम्दानी बढ्नेछ। धन प्राप्तिको सम्भावना छ। यात्राबाट पनि राम्रो धन आर्जन गर्न तपाई सफल हुनुहुनेछ। यस अवधिमा तपाईले धेरै पैसा कमाउनुहुनेछ। वैदेशिक यात्रा एवं रोजगारको योजना बनाएकाहरुका सपना पूरा हुनेछ। घरजग्गामा लगानी गर्न अनुकूल समय सिर्जना हुनेछ।
विवाहको लागि शुभ योग : अविवाहितहरुका लागि समय निकै शुभ साबित हुनेछ। राम्रो वर भेट्टाउनुहुनेछ। तपाईको विवाह हुन् सक्छ। मनले रोजेको जीवनसाथी पाउनुहुनेछ। विवाहित महिलाको लागि पनि शनिको गोचरले शुभ परिणाम दिनेछ।
कडा परिश्रमको फल मिल्नेछ : यस समयावधिमा तपाईले कुनै पनि क्षेत्रमा गर्नुभएको प्रयासको उत्कृष्ट फल प्राप्त गर्नुहुनेछ। आकस्मिक धन लाभ मिल्ने सम्भावना छ। धार्मिक कार्यमा तपाईको झुकाव बढ्नेछ।