अभिनेत्री सोनम कपूरले पतिको साथमा सार्वजनिक गरिन् बेबी बम्प, अभिनेत्री छिट्टै आमा बन्दै !

अहिले  बलिउड अभिनेत्री सोनाम कपूरले  आफ्ना  फ्यानलाई चकित  पार्ने खबर सार्वजनिक गरेकी छिन् ।  अभिनेत्रीले सामाजिक सञ्जाल मार्फत आफू छिट्टै आमा बन्न लागेको बताएकी छिन् । अभिनेत्रीले यस खबरले फ्यानहरु निकै खुशी भएका छन् ।  अहिले अभिनेत्रीले उनको बेबी बम्प सहितको तस्बिर सार्वजनिक गर्दा फ्यानहरुको बधाईको बर्षा सुरु भएको छ ।

सोनम कपुर र उनका पति आनन्द आहुजा आफ्नो पहिलो सन्तानलाई जन्म दि लागेका छन् । वास्तवमा सोनम कपूर विवाह गरेको चार वर्षपछि गर्भवती भएकी छिन्। अभिनेत्रीले आफ्नो अफि-सियल इन्स्टाग्राम खातामा यो खुसीको खबर दिएकी छिन् । इन्स्टाग्राममा सेयर गरिएको तस्बिरमा अभिनेत्रीको बेबी बम्प देखिएको छ ।

सोनम कपूर र आनन्द आहुजाको विवाह ८ मे २०१८ मा भएको थियो । उनीहरुले विवाहअघि धेरै वर्ष एक-अर्कालाई डेट गरेका थिए । सोनम कपुर र आनन्द आहुजा बीच सन् २०१४ मा मित्रता भएको थियो र त्यसपछि दुवै एक-अर्काको प्रेममा परेका थिए ।

वर्क-फ्रन्टको बारेमा कुरा गर्दा, सोनम कपूर अन्तिम पटक सन् २०२० मा उनका बुबाको वेब सिरिज ‘एके भर्सेस एके’ मा देखिएकी थिइन्। अब उनी फिल्म ‘ब्ला-इन्ड’ मा काम गर्ने भएकी छिन् ।

प्रकाशित : सोमबार, चैत ०७, २०७८१३:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रणदीप हुड्डाको जिन्दगीमा यस अभिनेत्रीले गरिन् इन्ट्री, शाहरुख खानको फिल्म गरिसकिन् काम