काठमाडौँ : करीब १८ वर्ष ७ महिनापछि राहु मेष राशिमा प्रवेश गर्नेछ। राहु चैत २९ गते मङ्गलबार बिहान वृष राशिबाट मेष राशिमा गोचर गर्नेछ। राहु सधैँ वक्री चाल चल्दछ। वक्री अर्थात् उल्टो चालमा भ्रमण गर्दछ। राहुको यो गोचरले ४ राशिको जीवनमा ठूलो बदलाव आउनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
राहु मिथुन राशिको १२ औँ भावबाट ११ औँ भावमा गोचर गर्नेछ। तपाईलाई अचानक धन लाभ हुनेछ। जागिरेहरुको तलब वृद्धि हुनेछ भने व्यापारीहरुले मुनाफा आर्जन गर्नेछन्। आयश्रोत बढ्नेछ। मिथुन राशिको जातकको लागि राहुको गोचर शुभ साबित हुनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
राहु कर्कट राशिको ११ औँ भावबाट निक्लिएर १० औँ भावमा प्रवेश गर्नेछ। तपाईको सुख-सुविधामा विस्तार हुनेछ। आर्थिक स्थिति बजबूत हुनेछः। यद्यपि जागिरेहरु आफ्नो कार्यस्थलमा दुश्मनहरुबाट सावधान रहनुपर्नेछ। व्यापारीको मुनाफा बढ्नेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
राहु तुला राशिको ८ औँ भावबाट निक्लिएर ७ औँ भावमा प्रवेश गर्नेछ। यो गोचरबाट अचानक धन लाभ हुनेछ। जागिर परिवर्तन हुन् सक्छ। व्यापारमा नयाँ रणनीति बन्ने सम्भावना छ। यात्राको योग बनिरहेको छ। दाम्पत्य जीवनमा सावधानी अपनाउनु पर्ने देखिन्छ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
राहु तपाईको ७ औँ भावबाट निक्लिएर ६ औँ भावमा प्रवेश गर्नेछ। नोकरी गर्ने जातकको यो गोचर अवधिमा बढुवा हुने प्रबल सम्भावना छ। व्यापारीहरुलाई मनग्यै लाभ प्राप्त हुनेछ। करियरको दृष्टिले यो गोचर शुभ छ। तपाईको स्वास्थ्यमा विशेष ध्यान राख्न जरुरी देखिन्छ।