हर्षोल्लासमय रहनेछ यी ६ राशिको जीवन, ‘अस्‍त’ बुधले खोल्नेछ भाग्यको द्वार

काठमाडौँ : बुद्धि, धन, तर्क, संवाद, व्यापारको कारक ग्रह बुध आज अस्ताएको छ। बुध ग्रह शनिको राशि कुम्भमा अस्ताएको हो। खैर, ज्योतिषशास्त्रमा कुनै पनि ग्रह अस्ताउनुलाई शुभ मानिँदैन्। तर अस्त ग्रहले कहिलेकाहीँ केही व्यक्तिको भाग्य चम्काउँछ। यस पटक अस्ताएको बुधले ६ राशिमाथि विशेष कृपा दिलाउनेछ र तिनलाई प्रचुर खुशी दिनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

बुध अस्ताउँदा वृष राशिका जातकले काममा प्रगति गर्नेछन्। केही जातकले नयाँ कामको अवसर पाउनेछन्। आय बढ्नेछ। भौतिक सुखमा वृद्धि हुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

अस्त बुधले मिथुन राशिका जातकको परिवारमा खुशीयाली ल्याउनेछ। करियरको लागि पनि समय राम्रो रहनेछ। बढुवा एवं तलब वृद्धिको सम्भावना छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका जातकका लागि बुधको अस्तले नयाँ काम दिलाउन सक्छ। धन लाभ हुने प्रबल सम्भावना छ। राजनीतिमा सक्रिय मानिसहरुले विशेष लाभ प्राप्त गर्नेछन्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

बुध अस्ताएपश्चात कन्या राशिका जातकले काममा प्रगति गर्नेछन्। धन लाभ पनि हुन् सक्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशिका जातकलाई अस्त बुधले बलियो आत्मविश्वास र प्रगति दिलाउनेछ। काममा सफलता पाउनुहुनेछ। घरपरिवारमा खुशीयालीपूर्ण माहोल रहनेछ। भौतिकमा सुखमा वृद्धि हुनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

अस्त बुधले मकर राशिका जातकको कार्यस्थलमा परिवर्तन गराउन सक्छ। यो परिवर्तन सकारात्मक रहनेछ र भविष्यमा लाभ मिल्नेछ। मालिकबाट प्रशंसा मिल्नेछ। सुखमा बढोत्तरी हुनेछ।

प्रकाशित : शनिबार, चैत ०५, २०७८१३:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनिको ढैय्याबाट छिट्टै मुक्ति पाउनेछन् यी राशिले, चम्किनेछ भाग्य