काठमाडौँ : ज्योतिष शास्त्रमा कुनै पनि ग्रहको राशिको परिवर्तनको ठूलो महत्व हुन्छ। ग्रह गोचरको प्रत्यक्ष प्रभाव मानव जीवनमा पर्छ। गुरु ग्रह बृहस्पति चैत्र ९ गते(२३ मार्च) बुधबार उदय हुँदैछ। कुनै ग्रह अस्ताउँदा सूर्य त्यसको एकदमै नजिक हुने मान्यता रहेको छ। सूर्य टाढा हुँदा ग्रहको उदय हुन्छ। गुरुदेव अर्थात् बृहस्पतिको उदयको प्रभाव १२ वटै राशिमा पर्छ। जानिराखौँ, कुन ३ राशिका जातकले करियर र व्यापारमा विशेष सफलता पाउनेछन् त ?
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
बृहस्पतिको उदय तपाईको राशिका लागि शुभ साबित हुनेछ। गुरु ग्रह तपाईको राशिको ११ औँ भावमा उदय हुनेछ, जसलाई आयको स्थान पनि भनिन्छ। यसकारण तपाईको आय बढ्नेछ। आयका नयाँ श्रोतहरु सिर्जना हुनेछन्। व्यापारमा पर्याप्त धन लाभ हुन् सक्छ। करियरमा प्रगति-पथतर्फ लम्किनुहुनेछ। घर-जग्गामा लगानी गर्दा प्रचुर फाइदा मिल्नेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
वृष राशिको दशौँ घरमा गुरु देव उदय हुँदैछ। दशौँ भावलाई करियर र जबको भाव भनिन्छ। यस समयावधिमा तपाईलाई नोकरीको नयाँ प्रस्ताव आउन् सक्छ। जागिरेहरुको तलब बढ्न सक्छ। गुरु ग्रह उदय हुँदा तपाईको कार्यशैलीमा सुधार हुनेछ। कार्यस्थलमा तपाईको कामको प्रशंसा हुनेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
गुरु ग्रह मकर राशिको दोस्रो भावमा उदय हुँदैछ। जसलाई धन र वाणीको भाव भनिन्छ। यस अवधिमा अचानक धन लाभ हुन् सक्छ। व्यापारमा कुनै सम्झौता हुन् सक्छ, जसले तपाईलाई भविष्यमा फाइदा पुर्याउनेछ। मार्केटिङ, न्यायिक र शैक्षिक क्षेत्रमा कार्यरत व्यक्तिलाई विशेष लाभ मिल्नेछ।