ज्योतिषमा कुनै पनि ग्रहको राशि परिवर्तनको ठूलो महत्व हुन्छ। ग्रहको गोचरले मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्छ। मार्च २३ मा देव गुरु बृहस्पति ग्रहको उदय हुँदैछ। कुनै ग्रह अस्ताउँदा सूर्य त्यसको एकदमै नजिक आउँछ भन्ने मान्यता छ। सूर्य टाढा जाँदा ग्रह उदित हुन्छ। बृहस्पतिको उदयले सबै राशिहरूमा प्रभाव पार्नेछ। जानिराखौँ कुन ३ राशिले करियर र व्यापारमा विशेष सफलता मिल्नेछ-
मेष राशि
बृहस्पति ग्रहको उदय तपाईंको राशिका लागि शुभ साबित हुनेछ। तपाईंको राशिको ११ औं घरमा बृहस्पति ग्रहको उदय हुनेछ, जसलाई आयको स्थान भनिन्छ। त्यसैले आफ्नो आम्दानी बढ्न सक्छ। आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। व्यापारमा लाभ मिल्न सक्छ। करियरमा पदोन्नतिको सम्भावना छ। सम्पत्तिमा लगानी गर्दा फाइदा हुनेछ।
वृष राशि
तपाईंको राशिको दशौं घरमा बृहस्पतिको उदय हुँदैछ। दशौं घरलाई करियर र जागिरको घर भनिन्छ। यो समयमा नयाँ कामको प्रस्ताव आउन सक्छ। रोजगारीमा तलब वृद्धिको सम्भावना छ। बृहस्पतिको उदयसँगै तपाईको कार्यशैलीमा सुधार आउनेछ। काममा प्रशंसा पाउन सकिनेछ।
मकर राशि
तपाईंको राशिको दोस्रो घरमा बृहस्पतिको उदय हुँदैछ। जसलाई पैसा र बोलीको घर भनिन्छ। यस समयमा तपाईंलाई आकस्मिक आर्थिक लाभ हुने सम्भावना रहेको छ। व्यापारमा कुनै सम्झौता हुनसक्छ, जसले भविष्यमा फाइदा पुर्याउनेछ। मार्केटिङ, अधिवक्ता र शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले विशेष लाभ प्राप्त गर्न सक्छन्।