केही दिन पहिले श्रीमानको साथमा फोटो शुटले चर्चामा आएकी अभिनेत्री स्वस्तिमा खड्का पुन: केही नयाँ तस्बिरको कारण चर्चामा आएकी छिन् ।
चर्चित नेपाली फिल्म होस्टल रिट-र्न्सबाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री स्वस्तिमा खड्का अहिलेको समयमा युवा पुस्ताको रोजाई बन्न सफल भएकी छिन् । अहिलेको समयमा अभिनेत्री स्वस्तिमा फिल्म भन्दा पनि म्युजिक भिडियोमा बढी सक्रिय हुन थालेकी छिन् । केही दिन पहिले अभिनेत्री स्वस्तिमा खड्का अभिनित चलचित्र ‘चपली हाइट ३’ सार्वजनिक भएको थियो । जसले खासै राम्री प्रदर्शन गर्न सकेको थिएन ।

पछिल्लो समयमा अभिनेत्री चलचित्र ‘चपली हाइट ३’ मा देखिएकी देखिएकी थिइन् । कोरोना बढेको बन्दै हलहरु बन्द भएपछि अहिले फागुन १ गतेबाट हल खुले पनि फिल्म हेर्ने दर्शक खासै देखिएका छैनन् । यस फिल्मका निर्देशक दिपिन्द्र के खनाल हुन् भने यस फिल्मका निर्माता अर्जुन कुमार हुन् ।

पछिल्लो समयमा अभिनेत्री सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् । यति बेला अभिनेत्री स्वस्तिमाले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिर निकै भाइरल भइरहेका छन्।

जब अभिनेत्रीले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्छिन् भाइरल हुन केही पनि समय लाग्दैन। केही समय पहिले अभिनेत्री उनको श्रीमान निश्चल बस्नेतको साथमा देखिएकी थिइन् । उक्त तस्बिर निकै नै भाइरल भएको छ ।

अहिले अभिनेत्री स्वस्तिमाले कोट लगाएर विभिन्न शैलीमा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जुन सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

