बलिउड अभिनेत्रीलाई बलिउड क्षेत्रमा उनको अभिनय भन्दा पनि उनको बिकिनी अवतारको कारले बढी चिन्ने गर्छन् । अहिलेको समयमा उनको फ्यानको संख्या दिनप्रतिदिन बढ्दै गएको छ, जसका कारण उनको हरेक तस्बिर केही मिनेटमै इन्टरनेटमा भाइरल हुन्छ । हालै अभिनेत्रीलाई सामाजिक सञ्जालमा फ्यानले यस्तो प्रश्न गरेका छन् । जसमा अभिनेत्रीले दिएको जवाफ सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
दिशा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् र आफ्ना फ्यानहरूसँग जोडिनको लागी अभिनेत्रीले इन्स्टाग्राममा ‘आ:-स्क मी एनि-:थिङ’ बिकल्प राखेकी छिन्। जसमा फ्यानले उनलाई आफूलाई लागेको प्रश्न राख्न सक्छन् ।
यसमा मानिसहरूले उनलाई धेरै प्रश्न सोधे, जसको जवाफ दिशाले दिइन्। तर यी सबै बिचमा एक फ्यानले उनलाई सोधे, ‘तपाईको बिकिनीमा सबैभन्दा राम्रो फोटो कुन हो?’
दिशाले यसको जवाफ दिइन् तर यो निकै हास्यास्पद थियो। उनको यो जवाफ देखेर अब उनलाई यस्तो प्रश्न कसैले सोध्ने छैन । जवाफमा उनले बिकिनी र चश्मा लगाएको जनावरको तस्बिर सेयर गरिन्, जसलाई देखेर कोही पनि आफ्नो हाँसो नियन्त्रण गर्न सक्दैनन् ।
दिशा अन्तिम पटक सन् २०२१ मा चलचित्र ‘राधे’ मा देखिएकी थिइन्, जसमा उनी सलमान खानसँग स्क्रिन सेयर गरेकी थिइन् । अब अभिनेत्री छिट्टै नै चलचित्र ‘एक भिलेन रिट:-र्न्स’ र ‘योधा’ जस्ता चलचित्रमा देखिने छिन् ।