काठमाडौँ : सूर्यलाई ग्रहहरुको राजा भनिन्छ। सूर्यलाई आत्माको कारक पनि मानिन्छ। सूर्य मीन राशिमा प्रवेश गर्ने बित्तिकै केही राशिका लागि सुखद् दिनहरु सुरु हुनेछ। सूर्यले चैत्र १ गते(१५ मार्च) संक्रान्तिको दिन मीन राशीमा प्रवेश गरिसकेको छ। त्यसपछि अब अर्को वर्षको वैशाख १ गते(अप्रिल १४) आफ्नो उच्च राशि मेषमा गोचर गर्नेछ। सूर्यको गोचरले यी ५ राशिका जीवनमा सकारात्मक प्रभाव पर्नेछ : –
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मेष राशिका छात्र-छात्राका लागि यो गोचर अत्यन्तै लाभकारी साबित हुनेछ। यस अवधिमा तपाईले शैक्षिक क्षेत्रमा भरपूर सफलता हासिल गर्नुहुनेछ। प्रतियोगात्मक परीक्षाको तयारी गरिरहेका जातकले अनुकूल परिणाम हासिल गर्नेछन्। जागिर गरिरहेकाहरुलाई यो गोचर लाभदायी हुनेछ। राम्रो नयाँ कामको अवसर प्राप्त हुनेछ। ठूलो खर्च गर्नबाट बच्नुहोस्।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
यो गोचर तपाईको आर्थिक स्थितिको लागि लाभकारी रहनेछ। यो समय तपाईले थुप्रै क्षेत्रहरुबाट धन प्राप्त गर्नुहुनेछ। अचानक कतै रोकिएको धन प्राप्त हुनेछ। लामो समयदेखि अड्किएको परियोजना पुन:सुरु हुनेछ। घरजग्गामा लगानीका लागि समय राम्रो छ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
गोचरकालमा तपाईले गरेको कडा मेहनत र प्रयासले अनुकूल परिणाम दिनेछ। यस अवधिमा काममा तपाईको पकड कायम रहनेछ। कार्यस्थलमा तपाईको कामको प्रशंसा हुनेछ। सहकर्मीसँगको सम्बन्ध सुमधुर हुनेछ। जागिर खोजिरहेका जातकले राम्रो अवसर प्राप्त गर्नेछन्। सरकारी जागिरेले शुभ समाचार प्राप्त गर्नेछन्।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
कर्कट राशिका व्यक्तिहरुका लागि यो गोचर कालले सकारात्मक परिणाम दिनेछ। तपाईको आर्थिक स्थितिमा सुधार आउनेछ। भाग्यको पूरा साथ मिल्नेछ। यद्यपि यस समयावधिमा तपाईले केही नयाँ चुनौतीको सामना गर्नुपर्नेछ। कार्यस्थलमा तपाईले उच्चअधिकारीको सहयोग प्राप्त गर्नुहुनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
सिंह राशिका जातकले आफ्नो कार्यक्षेत्रमा केही कठिनाईको सामना गर्नुपर्नेछ। यस अवधिमा तपाईले असुरक्षाको महसुस गर्नुहुनेछ। जागिर परिवर्तनको लागि यो समय अनुकूल छ। शेयर मार्केटसँग सम्बन्धित जातकले यस अवधिमा नोक्सान व्होर्नुपर्नेछ। यस अवधिमा ठूलो लगानी नगर्नुहोला।